Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एमसीसी सम्झौता बुझाउन कांग्रेसले घर-घरमा पुस्तिका पठाउने


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, फाल्गुन २३ २०७८
  • 8.8K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एससीसी) सम्झौता बुझाउन नागरिकलाई घर-घरमा पुस्तिका पुर्‍याउने भएको छ ।

संसदबाट व्याख्यात्मक घोषणासहित अनुमोदन भएको एमसीसी विकास परियोजना रहेको बुझाउन पुस्तिका तयार गरिएको छ । पुस्तिकासहित भिडिओ पनि बनाउने क्रममा रहेको कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले जन प्रहारलाई  जानकारी दिए ।

चुनावी प्रचार अभियानसँगै एमसीसीको भ्रम हटाउने उनले बताए। ‘चुनावी अभियान फागुन २९ गतेबाट सुरु हुन्छ। एमसीसीको सत्यता के हो भनी कांग्रेसले घर घरमा पुस्तिका पठाउँछ।’ खड्काले भने। देशभरका वडा कार्यसमितिका सदस्यलाई सक्रिय बनाई घर-घरमा पुस्तिका पुर्‍याउने बताइएको छ ।

फागुन २० गतेदेखि सुरु गर्ने तय गरिएको प्रचार अभियान ९ दिन पछि सारिएको छ। फागुन २९ देखि चैत २९ सम्म प्रचारात्मक अभियान गरिने महामन्त्री विश्वप्रकाश शर्माले जन प्रहारलाई जानकारी दिए । संगठन सुदृढीकरणसहित स्थानीय निर्वाचनमा कांग्रेसलाई विजयी गराउने लक्ष्य राखेर ‘घर-घर जाऔं, कांग्रेस जिताऔं’ अभियान सुरु गरिने उनले बताए ।

प्रचार अभियानमा पार्टीका सबै संगठनका परिचालन गरिने भएको छ। ‘हरेक काँधलाई भारी, हरेक हातलाई जिम्मेवारी’ को नीति पार्टीले लिएको महामन्त्री शर्माले बताए ।

स्थानीय तहमा कांग्रेसमा आवद्ध अधिकतमलाई जिम्मेवारी सुम्पने तयारी गरिएको छ। ‘पद हुने तर जिम्मेवारी नहुने हाम्रो पुरानो प्रचलन छ।यसपटक जिम्मेवारीविहीन बनाउँदैनौं।’ उनले जन प्रहारलाई भने ।

प्रचार अभियानमा ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटिने छन् । चुनावी प्रसारलाई वृहत् गराउने उद्देश्यले अभियानको घोषणा प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाबाट हुने बताइएको छ।

वडाका संरचनालाई पूर्णता दिने, प्रशिक्षण सञ्चालन गर्ने,भेला गर्ने,सम्मान लगायतका कार्यक्रम प्रचार अभियानमा हुनेछ ।

केन्द्रले तय गरेको कार्यक्रम अनुसार प्रदेश र जिल्लाले लागू गर्नेछन्। केन्द्रले बनाएको अभियानलाई सहयोग पुर्‍याउन तल्लो संरचनाले थप कार्यक्रम तय गर्न सक्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४