काठमाडौं । अभिनेत्री रेखा थापालाई गालीगलौज गरेको भन्दै नेपाल प्रहरीको साइबर व्यूरोमा जाहेरी परेको छ । नायिका थापाको तर्फबाट उनकी दिदी तारा थापाले ए वान मिडियाविरुद्ध जाहेरी दर्ता गराएकी हुन् ।
थापाले पल शाहविरुद्ध बलात्कारको जाहेरी दिएकी नाबालिक पीडितको पक्षमा बोलेको भन्दै अभिनेत्री थापालाई गालीगालैज गरिएको उजुरीमा उल्लेख गरिएको छ ।
व्यूरोका प्रहरी बरिष्ठ उपरीक्षक नवीन्द अर्यालका अनुसार ए वान मिडिया दर्ता भए नभएको जानकारी दिन प्रेस काउन्सिललाई पत्रचार गरिएको छ उनले भनेका छन् हामी अनुसन्धान गरिरहेका छौ अब चाडै नै सत्य तथ्य पत्ता लगाउने जानकारी दिएका छन् ।
