Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

काठमाडौंमा आएर पढ्ने विद्यार्थीलाई अनुदानमा इन्डक्सन चुलो बाँडिदै, यसरी दिनुहोस् आवेदन


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, फाल्गुन १९ २०७८
  • 12.7K
    SHARES

काठमाडौं । सरकारले बाहिरी जिल्लाबाट आएर काठमाडौंमा अध्ययन गर्ने विद्यार्थीलाई विद्युतीय चुलो (इन्डक्सन चुलो) वितरण गर्ने भएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले विद्यार्थीलाई स्तरीकरण गरेर निःशुल्क तथा निश्चित प्रतिशत छुटमा यस्तो चुलो वितरण गर्ने भएको छ ।

केन्द्रले प्रकाशित गरेको सूचनामा दुर्गम क्षेत्रबाट काठमाडौं उपत्यकामा आएर घरभाडामा लिइ सरकारी तथा सामुदायिक शिक्षण संस्थामा अध्ययन गर्ने विद्यार्थीहरू यसबाट लाभान्वित हुनेछन् । यसका लागि स्नातक र स्नातकोत्तर तहमा अध्ययन गर्ने विद्यार्थीहरूले आवेदन दिन पाउनेछन् ।

एलपी ग्यासको मूल्य बढ्दै गएको अवस्थामा विद्यार्थीहरूलाई राहत स्वरुप विद्युतीय चुलो वितरण गर्न लागिएको हो । यसबाट विद्युतीय चुलोको प्रवर्द्धन समेत हुने केन्द्रको विश्वास छ ।

विद्युतीय चुलोका लागि आवेदन दिँदा नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपिका साथै शिक्षण संस्थाको विद्यार्थी परिचयपत्र र सिफारिसपत्र समावेश गर्नुपर्नेछ । आवेदन फारामका लागि यहाँ क्लिक गर्नुहोस् र शिक्षण संस्थाको सिफारिसको नमूनाका लागि यहाँ क्लिक गर्नुहोस् ।

अब यहाँ क्लिक गरेर आवश्यक कागजात सहितको आवेदन ई-मेलमार्फत पठाउन तथा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र जैविक ऊर्जा शाखा मध्य बानेश्वर काठमाडौंमा पत्राचार गर्न पनि सक्नुहुनेछ । आवेदन बुझाउने अन्तिम मिति यही फागुन २५ गतेसम्म रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४