Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सुर्खेतकाे वीरेन्द्रनगरमा अनिश्चितकालीन निषेधाज्ञा


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, फाल्गुन १७ २०७८
  • 6.2K
    SHARES

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा जारी कर्फ्यू हटाएर अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ ।

अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता अनुमोदनको विरोधमा प्रदर्शन चर्किएपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले सदरमुकाम वीरेन्द्रनगरमा सोमबार बेलुकी सवा ८ बजेदेखि मंगलबार साँझ ७ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको थियो ।

मंगलबार बेलुकी ७ बजेपछि भने अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले जानकारी दिए । ‘कर्फ्यूलाई खुकुलो बनाएर निषेधाज्ञा जारी गरेका छौं । आज अवस्था सामान्य बन्दै गएपछि जिल्ला सुरक्षा समितिको बैठकले निषेधाज्ञा लगाउने निर्णय गरेको छ’ प्रमुख जिल्ला अधिकारी रिजालले  जन प्रहार डटकमलाई भने  ।

दिनभरिको अवस्था हेर्दा कुनै अप्रिय घटना नभएकाले सोमबार बढी प्रदर्शन भएको क्षेत्रमा निषेधाज्ञा जारी गरिएको प्रजिअ रिजालले बताए । उनका अनुसार प्रशासनले वीरेन्द्रनगरको यरिचोक, मंगलगढी चोक र हटिया क्षेत्र पाँच जनाभन्दा बढी मान्छे जम्मा हुन र कुनै पनि विरोध प्रदर्शन गर्न रोक लगाएको छ ।

उनका अनुसार अर्को आदेश नहुञ्जेसम्म तीन क्षेत्रमा निषेधाज्ञा कायम रहनेछ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित ६ दलले गरेको बन्दका क्रममा सोमबार साँझ एमसीसी विरोध प्रदर्शन चर्किएको थियो ।

हेर्नुस् जिल्ला प्रशासन कार्यालय सुर्खेतले जारी गरेको सूचना 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४