रामेछाप । नेपाली काँग्रेसको खाँडादेवी गाउँपालीका ३ को सित्खा बजारमा सोमबार बसेको नेपाली काँग्रेस रामेछापको बैठक बहुमत सदस्यहरुले बहिस्कार गरेका छन् । जिल्ला सभापति कान्छाराम तामाङ्गको ब्यवहार प्रति असंतुष्ट बनेको बहुमत सदस्यहरुले बैठक चलिरहेको बेला बैठक बहिस्कार गरेका हुन् । सचिव खड्का संगै समितिका बहुमत निर्बाचित सदस्यहरुले पार्टी सचिव दीपक खड्काको लाईनलाई समर्थन गर्दै बैठकबाट बाहिरिएका थिए ।
बैठक बहिस्कार गर्नेहरुमा सचिव दीपक खड्का,सह सचिव ध्रुब चौलागाई र सदस्यहरुमा क्रमश ,हिमाल ढुंगेल,सिताराम कार्की, नबराज घिमिरे,गोमा कार्की,सुमन्त कार्की,कमल प्रकाश सुनुवार,कमल कार्की,संजिब विक,हस्त लामा र मन्दिरा घिमिरे, शिव बस्नेत ढकाल थापा,घन नारायण श्रेष्ठ,गुन्ज बहादुर कार्की र कल्पना खड्का कार्की रहेका छन् ।
बैठक शुरु हुना साथ पार्टी सचिव दीपक खड्काले आफना कुरा राख्न शुरु गरेका थिए । सो क्रममा सभापतिले मनोनित सदस्य नारायण बोगटीलाई प्रबक्तामा मनोनयन गरेको पत्र पढेर सुनाउन सचिव खड्कालाई आग्रह गरेका थिए । तर सचिव खड्काले सभापतिले विधान विपरित आफु र अन्य पदाधिकारी संग सल्लाह नै नगरी प्रबक्ता तोक्ने काम गरेको भन्दै आपत्ति जनाएका थिए । उनले आफु सभापति भएदेखि नै कान्छारामले समितिका साथिहरुको कुरा नसुनी मनपरि ढंगले काम गर्दै आएको र त्यस बारेमा पटक पटक सुधार गर्न अनुरोध गर्दा पनि उनको ब्यवहार नसुधारेको भन्दै प्रबक्ताको जिम्मेवारी पत्र पढ्नलाई अस्विकार गरेका थिए ।
सचिव खड्काले पार्टीको चौधौ महाधिबेसनबाट विजय भएपछि सातौ बैठक सम्म आइपुग्दा सभापतिले असहमत राखे बापत सचिव दिपक खड्का र सह सचिव ध्रुव चौलागाईलाई बैठकमा नबोलाएको, अधिकाँश निर्णय एक्लौटी ढंगले गर्दै आएको, अधिकाँश ब्यवहार र बोलिमा सामान्तबादको गन्ध आउने गरेको पार्टीको नेता तथा कार्यकर्ताहरुलाई नोकरको जस्तो ब्यवहार गर्ने गरेकोले ति कुराहरु प्रति आफनो गम्भिर असहमती रहेको भन्दै आलोचना गरेका थिए ।
सचिव दीपक खड्काले सभापतिले पार्टीको बैठक भित्र र बाहिर वोल्ने क्रममा नेता तथा कार्यकर्ताहरुलाई पटक पटक होच्याउने र अपमानित गर्ने जस्ता ब्यबहार गरेको,पुराना तथा त्यागि नेताहरुलाई पनि अपमानजन्य ब्यवहार गर्ने गरेकोले त्यस खालका ब्यवहार कुनै पनि नेता तथा कार्यकर्ताहरुका लागि सह्य हुन नसक्ने भन्दै बैठक बहिस्कार गर्ने घोषणा सहित आफु बैठकबाट बाहिरिएको जानकारी गराए ।
सचिव बाहिरिए पछि सदस्यहरुले पनि खड्काको कुरा प्रति सहमति जनाउदै बैठक बहिस्कार गरेका थिए । बहुमत पक्षले बैठक बहिस्कार गरेपनि साँझ सम्म पनि सभापति सहित १३ जना अल्पमत सदस्यको बैठक बसिरहेको वुझिएको छ । यस बारेमा सम्पर्क गर्न खोज्दा अर्का सचिव विनोद कार्कीले सानो स्वरुमा बैठक चलिरहेकोले बोल्न नमिल्ने जानकारी गराएका छन् ।
