काठमाडाै । भारतमा गत २४ घण्टामा थप २५ हजार ९ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सोही अवधिमा ४ सय ९२ जनाको मृत्यु भएको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा थप ६६ हजार २ सय ५४ जना कोरोना संक्रमित संक्रमण मुक्त भएका छन् ।अहिले भारतमा कुल ४ लाख २७ लाख ८० हजार २ सय ३५ जना संक्रिय संक्रमित भएको मन्त्रालयले जनाएको छ ।
भारतमा पछिल्लो समय कोरोना संक्रमण दर घट्दो क्रममा रहेको भारतीय संचार माध्यमले जनाएका छन् ।