Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बाख्रापालन अनुदानमा पनि राजनीति मेयरकी पत्नी र निकटकालाई मात्रै अनुदान !


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, माघ २९ २०७८
  • 9.5K
    SHARES

धनगढी । कञ्चनपुरको बेलौरी नगरपालिकामा सुदूूरपश्चिम प्रदेश सरकारले वितरण गर्ने बाख्रापालन अनुदान पाउने सूचीमा मेयर पोतीलाल चौधरीकी पत्नी र नजिकका व्यक्तिहरु परेका छन् । प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको भेटेरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले मुख्यमन्त्री एकीकृत कृषि तथा पशुुपन्छी विकास कार्यक्रम अन्तर्गत बाख्रापालन कार्यक्रमको ३० लाख रुपैयाँ अनुदान मेयर चौधरीकी पत्नी र नजिकका व्यक्तिहरुलाई दिने तयारी गरेका हुन् ।

सो कार्यक्रमको अनुदानका लागि वडा कार्यालयमार्फत गत कात्तिक ८ गते २७९ जनाले आवेदन दिएका थिए । जसमध्ये २५ जना अनुदान पाउनका लागि छनोट भएका छन् ।

२५ जनाभित्र मेयर चौधरीकी पत्नी सुुस्मिता चौधरी, उनका स्वकीय सचिव जयबहादुर कुँवरकी आमा धनमति कुँवर, भाउजु बिस्नादेवी कुँवर, पूर्वस्वकीय सचिव (हाल नगरपालिकाको कम्प्युुटर अपरेटर) रविलाल डगौरा, माओवादी केन्द्रकी केन्द्रीय सदस्य दीपा चौधरी, वडा कमिटी अध्यक्ष लछु राना, उनका भतिजा कन्नार राना, नगर कमिटी सदस्य इन्द्रा कुँवर पनि अटाएका छन् ।

बेलौरी नगरपालिकाका ट्र्याक्टर चालक हरिदास चौधरी, वडा नम्बर ५ को कार्यालय सञ्चालन भइरहेको घरका घरबेटी कल्यानसिंह पाल र गत वर्षसमेत अनुदान पाएका बालकुमार पोखरेलपनि अनुदान पाउनेको सूचीमा परेका छन् । भेटेनरी अस्पताल तथा पशुु सेवा विज्ञ केन्द्रले जारी गरेको सूचनामा व्यवसायिक किसानलाई अनुुदान दिने उल्लेख छ तर एउटा बाख्रासमेत नपालेकाहरु पनि अनुदान पाउनेको सूचीमा रहेका स्थानीय किसानहरु बताउँछन् ।

स्थानीय बुद्धिराम चौधरी वास्तविक किसानलाई वञ्चित गरेर जनप्रतिनिधिले आफ्ना आसेपासेलाई अनुदान दिलाएको बताउँछन् ।

मेयर सापले आफ्नै श्रीमती, स्वकीय सचिव, पार्टीका केन्द्रीय र स्थानीय नेतालाई अनुुदान वितरणका लागि छनोट गरेर वास्तविक किसानहरुमाथि अन्याय गरेका छन्,’ चौधरीले भने, ‘यसरी छनोट भएका लाभग्राहीको सूची हामीलाई स्वीकार्य हुने छैन ।

उक्त निर्णयको विरोधमा शुुक्रबार स्थानीयले वडा कार्यालय घेराउसमेत गरेका छन् । ‘जसले १०/१५ वटा बाख्रा पालेका छन् उनीहरुलाई बेवास्ता गरेर दुुई वटा बाख्रा समेत नभएकाहरुलाई पहुुँचका भरमा अनुुदान वितरण गर्न खोज्नुु सरासर गलत छ,’ स्थानीय देवानसिंह साउदले भने, ‘छानबिन गरेर वास्तविक किसानलाई अनुुदान दिनुपर्छ भन्ने हाम्रो माग छ ।’

वडाध्यक्ष साइतुकुुमार चौधरीले भने भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको अनुरोधका आधारमा आवेदन संकलन गरिएको गरेको बताए । तर लाभग्राही छनोटमा त्रुटी भएकाले सच्याउनुपर्ने उनको भनाइ छ । लाभग्राही छनोट भएका बेला म काम विशेषले बाहिर थिएँ ! वडाध्यक्ष चौधरीले भने, ‘तर छनोट प्रक्रियामा केही त्रुटी र अनियमितता भएको भन्ने स्थानीयको माग जायज छ । यो निर्णय सच्याउनका लागि हामी पहल गछौँ ।’

वडाध्यक्ष नभएका बेला निमित्त वडाध्यक्षको जिम्मेवारीमा रहेका कृपाराम चौधरीले लाभग्राही छनोट गरेर सूची पठाएको पाइएको छ ।

बेलौरी नगरपालिकाका मेयर पोतीलाल चौधरीले भने लाभग्राही वडा कार्यालय र भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले छनोट गरेको भन्दै त्यसमा आफ्नो भूमिका नरहेको बताए । लाभग्राही छनोट मापदण्डअनुुसार भएको छ कि छैन भन्ने कुराको अनुगमन गर्ने काम भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले गर्ला नि,’ मेयर चौधरीले भने ।

भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा. पानसिंह ठगुन्नाले वडा कार्यालयले सिफारिस गरेको सूची विवादित भएपछि पुनः छनोट गर्ने तयारी गरिएको बताए ।

‘हामीले वडा कार्यालयसँग लाभग्राही छनोट गरेर पठाइदिन अनुरोध गरेका थियौं तर त्यो छनोट विधिसम्मत भएन भनेर स्थानीयको विरोध आएको छ,’ ठगुन्नाले भने, ‘अब कार्यालय आफैंले स्थलगत अनुगमन गरेर आवेदन फारम भरेकाहरु मध्येबाट पुनः छनोट गर्छौं ।

उनले व्यवसायिक रुपमा बाख्रा पालन गरिरहेका किसानलाई अनुदान वितरण गरिने जनाए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४