Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

संसद‍्लाई भेन्टिलेटरमा राखिएको छ : ओली


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, माघ २८ २०७८
  • 7.4K
    SHARES

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले संसद‍्लाई निष्प्रभावी बनाएर राखेको आरोप लगाएका छन् ।

आइतबार नेकपा एमालेले आयोजना गरेको स्थानीय तह निर्वाचन लक्षित प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले आफूहरू संसद‍्मा प्रतिपक्षीको प्रभावकारी भूमिका निर्वाह गर्न इच्छुक रहेको तर, सरकारले संसद‍् चलाउने वातावरण नबनाएको टिप्पणी गरे ।

‘संसद भेन्टिलेटरमा छ, जिउँदै छैन भनौं भने जिउँदै छ । ताजा जनादेश लिन प्रतिगमन हुन्छ भन्ने गठबन्धनकारी छन्, अग्रगमनकारी संसद निरर्थक बनाएर राखिएको छ’ उनले भने ।

गत भदौदेखि नेकपा एमालेले संसद‍् बैठक लगातार अवरोध गर्दै आएको छ । अध्यक्ष ओलीले सभामुख अग्निप्रसाद सापकोटाले निष्पक्ष भूमिका निर्वाह गर्न नसकेको र एमालेप्रति पूर्वाग्रही भएको बताए ।

‘सभामुख पार्टी फोड्ने षड्यन्त्रमा सहभागी हुन्छन्, आफ्नो कर्तव्य पालना गर्दैनन्, प्रतिपक्षी दलविरुद्धको मोर्चाबन्दीमा सामेल हुन्छन् । हाम्राविरुद्ध मुद्दा लड्न अदालत पुग्छन् । पदीय मर्यादा ख्याल राख्दैनन्’ उनले भने ।

आफूहरू संसद‍्मा सहभागी भएर प्रतिपक्षीको भूमिका निर्वाह गर्न इच्छुक भए पनि सरकारले अवसर नदिएको अध्यक्ष ओलीले बताए । ‘हामी संसद‍्मा सहभागी हुन चाहन्छौं, आफ्नो भूमिका प्रभावकारी बनाउन चाहन्छौं, तर सरकारले हामीलाई त्यो अवसर दिएको छैन’ उनले भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४