Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गृहमन्त्री खाँणद्वारा मेलम्चीको बेलिब्रिज उद्घाटन


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, माघ २२ २०७८
  • 2K
    SHARES

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले मेलम्ची नदीमा निर्माण भएको पुल (बेलिब्रिज) उद्घाटन गर्नुभएको छ ।

गत असार १ र साउन १६ मा मेलम्चीमा आएको बाढीले चनौटेबजारस्थित रातोपुल बगाएको थियो । हेलम्बु गाउँपालिका २ र ७ जोड्ने सो पुल नेपाली सेनाले तयार पारेको हो ।कार्यक्रममा गृहमन्त्री खाँणले बाढीका कारण क्षतिग्रस्त संरचना निर्माणमा सरकार सक्रियतापूर्वक लागेको बताउनुभयो । आगामी दिनमा यस्ता खाले विपद्को पूर्वतयारीका लागि सरकारले विशेष योजना बनाएर अघि बढेको उहाँले बताउनुभयो ।

आम नागरिकको जीवनरक्षा गर्ने काममा सरकारले कुनै कसर बाँकी नराख्ने मन्त्री खाँणको भनाइ छ ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्ले कात्तिक ४ गते स्थानीय चनौटे र भिरखर्क जोड्ने पुल नेपाली सेनालाई निर्माण गर्ने जिम्मेवारी दिएको थियो ।

नौ सातामा तयार गरिएको पुल आजै सडक विभागलाई हस्तान्तरण गरिएको हो । ४८ दशमलब ७७ मिटर लम्बाई र ४ दशमलब २० मिटर चौडाइ रहेको उक्त पुलको भारवहन क्षमता २४ टन रहेको छ ।

बाढी आएर पुल बगाएपछि आवतजावतमा निकै कष्ट बेहोर्दै आएका स्थानीयवासीलाई नयाँ पुल निर्माणपछि अत्यावश्यक खाद्य सामग्री ओसारपसार र उपचारका लागि अन्यत्र जान सजिलो भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४