काठमाडौं । पशुपति क्षेत्र विकास कोषले आफ्नो क्षेत्रभित्र अनधिकृत रूपमा सञ्चालनमा रहेका अस्थायी टहराहरु हटाउने भएको छ ।
कोषको ऐन, कानुन र निर्णयबाहेक अनधिकृत रूपमा बनाइएका अस्थायी टहराहरू हटाउने निर्णय कार्यान्वयन गर्न लागिएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिनुभयो ।उहाँले फूल, प्रसादीलगायतको व्यवस्थापनका लागि स्थायी संरचना बनेकाले अस्थायी खालका टहराहरू हटाउन लागिएको स्पष्ट पार्नुभयो ।
कोषले पशुपतिनाथ मन्दिर दर्शनका लागि जाने दर्शनार्थीहरूका लागि आवश्यक फूलमाला, प्रसादी, चिनोलगायतका सामग्री स्थायी संरचनामा राखिएका पसलमार्फत उपलब्ध हुने व्यवस्था गरेको जनाएको छ ।