Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रुसी राष्ट्रपति पुटिन र चिनियाँ समकक्षी सीबीच बेइजिङमा भेट


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, माघ २१ २०७८
  • 3.7K
    SHARES

एजेन्सी । युक्रेन विवादले अमेरिकासहित पश्चिमा देशहरुसँग तनावपूर्ण सम्बन्धबाट गुज्रिएका रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ समकक्षी सी चिनफिङबीच भेटवार्ता भएको छ ।

चीनको राजधानीमा बेइजिङमा शीतकालीन ओलम्पिकको औपचारिक उद्घाटन हुनुअघि उहाँहरुबीच भेट भएको हो । पुटिनले चीनसँग आफ्नो देशको घनिष्ठ सम्बन्धको प्रसंसा गर्दै यसलाई अभूतपूर्व प्रकृति र सम्मानजनक सम्बन्धको उदाहरण बताउनुभयो ।

सिचिन फिङले बैठकले चीन-रुस सम्बन्धलाई थप जीवन्तता दिने बताएको चिनियाँ सञ्चार माध्यमले जनाएका छन् । दुई नेताबीच युक्रेन संकटसँग व्यापारका विषयमा पनि छलफल भएको थियो । पुटिनले रूसले नयाँ पाइपलाइनमार्फत चीनलाई ४८ अरब घन मिटर ग्यास निर्यात बढाउन नयाँ सम्झौताको तयारी गरेको बताउनुभयो ।

उहाँले दुई महाशक्तिबीचको व्यापार सन् २०२१ मा पुगेको १ सय ४० अर्ब डलरबाट २ सय अर्ब डलरमा पुर्‍याउन चाहेको पनि उल्लेख गर्नुभयो । युक्रेनलाई लिएर नेटो शक्तिहरूसँगको विवादमा रुसलाई समर्थन गर्न चीन थप अग्रसर भएको छ ।

युक्रेन विवादमा पश्चिमा मुलुकसँग आमने सामने भएका पुटिनको चिनियाँ समकक्षीसँगको भेटलाई अन्तर्राष्ट्रिय क्षेत्रमा निकै चासोका साथ हेरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४