Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु, ३,१७५ संक्रमित थपिए


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, माघ २० २०७८
  • 2.7K
    SHARES

काठमाडौं। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १४ जनाको मृत्यु भएको छ भने थप ३ हजार १७५ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार २६ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ७४२ जना र २ हजार ५७९ जनाको एन्टीजेन परीक्षण गर्दा ४३३ जना गरी ३ हजार १७५ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको हो ।

हाल देशभरमा ६३ हजार २९६ सक्रिय संक्रमित छन् भने ८ हजार ७२३जना संक्रमणमुक्त भएका छन् ।

बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १० लाख ९५ हजार ६३ पुगेको छ । यस्तै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ७७८ पुगेको छ भने ८ लाख ८७ हजार ४४३ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल ६१ हजार ८६२ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ४३४ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये २८१ जना आईसीयू र ५९ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्ष मुनिका ६५ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १०४ जना कोरोना संक्रमित थपिएका छन् ।

उपत्यकामा १ हजार ५०९ संक्रमित थपिए

काठमाडौं उपत्यकामा थप १ हजार ५०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा १,२४९, ललितपुरमा १८३ र भक्तपुरमा ७७ जनामा कोरोना संक्रमण देखिएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४