Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

त्रिभुवन विमानस्थलबाट अवैध सुनसहित तीनजना पक्राउ


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, माघ २० २०७८
  • 3.6K
    SHARES

काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो अवैध सुनसहित तीन जनालाई पक्राउ गरेको छ ।

विमानस्थलमा रहेको प्रहरी टोलीले युएईबाट आएका गौर नगरपालिका-१० रौतहटका ३२ वर्षीय सुनीलकुमार साह, मनहरी–७ मकवानपुरका नवराज परियार र भोटेकोसी-३ सिन्धुपाल्चोकका ३९ वर्षीय दावा छिरिङ शेर्पाको साथबाट १ केजी १ सय ५५ ग्राम सुन बरामद गरेको हो ।

उनीहरू विमानस्थलको अन्तर्राष्ट्रिय आगमन कक्षबाट पक्राउ परेका हुन् । उनीहरूको साथबाट ४ थान आइफोन पनि बरामद भएको प्रहरीले जनाएको छ । बरामद सुन र आइफोनको मूल्य करिब १ करोड रुपैयाँ बराबरको रहेको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार साह र परियार युएईबाट हिमालय एयरलाइन्स तथा शेर्पा सारजहाँबाट एयर अरेबियामार्फत बिहीबार त्रिभुवन विमानस्थल ओर्लिएका थिए । पक्राउ परेकामध्ये शेर्पाले मलद्वारमा लुकाएर ल्याएको १ केजी १ सय ५५ ग्राम सुन बरामद भएको छ । उक्त सुनको मूल्य ८३ लाख ३८ हजार २ सय ४७ रुपैयाँ पर्छ ।

त्यस्तै, साहको साथबाट ६ लाख ४० हजार मूल्य बराबरका ४ थान आइफोन, ३ लाख ८५ हजार २ सय २५ रुपैयाँ बराबरका बेरुवा औंठी र सिक्री बरामद भएको प्रहरीले जनाएको छ । परियारको साथबाट एक लाख ६० हजार रुपैयाँ बराबरको एउटा आइफोन र ३ लाख ९५ हजार २ सय २५ रुपैयाँ बराबरका सुनका औंठी र सिक्री बरामद भएको हो ।

पक्राउ परेका तीनै जनालाई बरामद सामानसहित विमानस्थल भन्सार कार्यालयको जिम्मा लगाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४