३ नम्बर प्रदेशका अर्थमन्त्री कैलाश ढुंगेलको पहलमा रामेछापमा पाँच वटा प्रहरी चौकी बन्दै !
जन न्युज नेपाल खबर डट कम !
नेत्र बहादुर कार्की :
०५ पुष , रामेछाप !
रामेछाप जिल्लाभित्र पाँच वटा नयाँ प्रहरी चौकी निर्माण हुने भएको छ । प्रदेश नम्बर ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलको पहलमा रामेछापमा पाँच वटा चौकी निर्माण हुन लागेको हो ।
शान्ति सुरक्षामा खटिने प्रहरी बस्ने कार्यालयलाई व्यवस्थित बनाउनको लागि आफूले भूमिका निर्वाह गर्ने बताउदै मन्त्री ढुंगेलले बाँकी रहेका प्रहरी चौकीहरुलाई पनि निर्माण गर्दै लगिने जन न्युज नेपाल खबर डट कमलाई बताउनुभयो ।
प्रदेश नम्बर ३ को सरकारले रामेछापको इलाका प्रहरी कार्यालय टोकरपुर, चोप्राङ इलाका प्रहरी कार्यालय, प्रिति इलाका प्रहरी कार्यालय, दोरम्बा प्रहरी चौकी, बाम्ती प्रहरी चौकी रहेका छन् । एउटा प्रहरी चौकी निर्माणको लागि प्रदेश सरकारले दुई करोड भन्दा बढी बजेट विनियोजन गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डिएसपी अमरेन्द्र बहादुर सिंहले पाँच वटा प्रहरी चौकी निर्माणको लागि प्राविधिक रुपमा प्रक्रिया अगाडि बढाइएको बताउनुभयो । उहाँले जन न्युज नेपाल खबर डट कम प्रतिनिधिसँग भन्नुभयो,‘जग्गा प्राप्तिको प्रक्रिया अगाडि बढिरहेको छ, एउटा प्रहरी चौकी निर्माण गर्न कम्तिमा पनि तीन रोपनी जग्गा आवश्यक पर्छ ।’ पछिल्लो मापदण्ड अनुसार नयाँ निर्माण हुने प्रहरी चौकी गाउँपालिकासँगै निर्माण गर्नुपर्ने अवस्था रहेको बताउदै उहाँले मोडालिटिको बारेमा पनि छलफल भइरहेको बताउनुभयो ।
रामेछाप जिल्लाको आठ वटा स्थानीय तहमा हाल २३ वटा प्रहरी चौकी रहेका छन् । प्रहरी चौकी निर्माणको लागि दोरम्बा गाउँपालिकाले टोकरपुरमा जग्गा उपलब्ध गराइसकेको छ भने दोरम्बा पनि जग्गा उपलब्ध गराउने दोरम्बा गाउँपालिकाका–२ दोरम्बा वडा अध्यक्ष खड्ग बहादुर श्रेष्ठले प्रक्रिया अगाडि बढाउनुभएको छ । खाँडादेवी गाउँपालिकाले पनि हाल गाउँपालिकाको कार्यालय रहेको माकादुममा नै जग्गा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ ।
हाम्रो बारेमा
जन आवाज मिडिया हबद्दारा सञ्चालित जन न्यूज नेपाल खबर डट कम (Jananewsnepalkhabar.com) मा सम्पुर्ण नेपाली मनमुटु हरुलाई स्वागत र अभिवादन गर्दछौं।जन न्यूज २०७४ बाट सुरुवात भएको न्यूज पोर्टल हो। श्रमजीवी पत्रकारहरुको पहलमा स्थापित यो साईटमा सामाजिक, आर्थिक, राजनीतिक, सौन्दर्य, अन्तर्वार्ता लगायतका विषयबस्तुलाई प्रमुख प्राथमिकता दिईएको छ।
जन न्यूज नेपाल खबर डट कम न्युज पोर्टल कुनैपनि जातजाति, धर्म, समूदाय, वर्ण, लिङ्गलाई ठेस नपुर्याई स्वतन्त्रतापूर्वक नौला र सिर्जनात्मक विषयबस्तुहरु पस्कने गर्दछ। यहाँ प्रस्तुत हुने हरेक प्रकारका विषयबस्तुहरु आधिकारिक हुने वचनवद्धता पनि हामी प्रकट गर्न चाहन्छौं। पत्रकारिताको मूल मर्मलाई हरपल पछ्याउँदै सामग्रीहरु प्रस्तुत गर्नेछौं। यो सबैको साझा पोर्टल भएकाले सामग्रीहरु पठाएर सहयोग गरिदिनुहोला। तपाईका सिर्जनालाई हामी उचित स्थान दिनेछौं।अन्त्यमा सम्पूर्ण पाठकवर्ग, विज्ञापनदाता, लेखक, शुभेच्छुक आदि सबैको अमूल्य सल्लाह सुझावको अपेक्षा गर्दछौं।
जन आवाज मिडिया हब प्रालि द्वारा संचालित तपाई हामी सबैको सुचना आदान प्रदान गर्ने जन न्युज नेपाल खबर डट कम हो। हामी मुलत: खोज तथा अनुसन्धानमुलक समाचारमा विशेष ध्यान दिनेछौ। हामी समाचार विशेष तथा भरपर्दो स्रोत बाट प्रमाण को आधारमा लेख्नेछौ।तपाई पाठकहरुले दिएको सुझाव नै हाम्रो प्रेरणाको स्रोत हो। हामी तपाईं आवाज बिहिनहरुको आवाज लाई बुलन्द गर्ने तपाईं हाम्रो एक मात्रै अनलाईन मिडिया जन न्युज नेपाल खबर डट कम हो।तपाईलाई हाम्रो समाचार मन परेमा धेरै -भन्दा धेरै सेयर लाइक,र कमेन्ट गरिदिन नभुल्नु साथै हामीलाई हाम्रो “Youtube Channel”Jananewsnepal khabar लाई पनि Subscribe गरिदिन नभुल्नु होला। धन्यवाद
प्रधानसम्पादक : नेत्र बहादुर कार्की
ठेगानाः ललितपुर १३, कुसुन्ती, नेपाल ।
सम्पर्क नं.: ९७७–९८४१५१६७१२,९८४०४२११७४, ९८१८४०२१४०
इमेल : jananewsnepalkhabar@gmail.com
हाम्रो बारेमा
© Copyright 2018, All Rights Reserved Jana News Nepal Khabar | Designed by Ourwebcreation PVT LTD
जन आवाज मिडिया हब नेपाल द्धारा सञ्चालित:
मिडिया पार्टनर : Nepal
कम्पनी दर्ता नं : १८४८४७/०७४/०७५
मु . अ. क. नं : ६०६७६८१०२
अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ ०७४-०७५
स्थायी लेखा नं(PAN) : ६०६७६८१०२