Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

राजाका सवारी खोसाखोसमा गणतन्त्रका सारथीहरू


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, माघ १९ २०७८
  • 4.1K
    SHARES

काठमाडौं । २०६१ माघ १९ आजकै दिन तात्कालिन राजा ज्ञानेन्द्र शाहले असक्षम घोषणा गरेका शेरबहादुर देउवा मुलुकको पाँचौ पटक प्रधानमन्त्री हुनुहुन्छ ।

अर्कातिर देउवालाई असक्षम घोषणा गर्ने राजा ज्ञानेन्द्र जनताको हैसियतमा जीवन विताइरहनुभएको छ । तर, तिनै राजामहाराजाको उपभोगीय सामान संरक्षण गरी इतिहास सुरक्षित गर्ने अभिभारा बोकेका गणतन्त्रका सारथीहरूमा उनीहरूकै गाडी खोसाखोस गरेर चढ्ने लोभ जागेको छ ।

पूर्व युवराज दीपेन्द्रले दरबार हत्याकाण्ड हुनु अघिल्लो दिनसम्म चलाएको टोयोटा कम्पनीको बिलासी गाडीमा माओवादी मन्त्री गोपाल किराँतीको आँखा पर्‍यो । १३ वर्षअघि जिल्ला जाने क्रममा सोलुखुम्बुमा दुर्घटना भएपछि सिंहदरबारमा थन्क्याइएको यो गाडी पछि संग्रहालयमा राख्ने प्रयोजनका लागि यहाँ ल्याइएको हो ।दरबारभित्रका जग्गादेखि गाडीमा आँखा लगाएको सरकारले राजा वीरेन्द्रको निजी गाडी राष्ट्रपतिका लागि प्रयोगमा ल्याएको छ । परराष्ट्रमन्त्रीको जिम्मेवारी सम्हालेको केही दिनमै तात्कालिन परराष्ट्रमन्त्री सुजाता कोइरालाको शोख वीरेन्द्रको गाडीमा चढ्न देखियो ।बिग्रेपछि मर्मत नगरी मन्त्रालयमा थन्काइएको गाडी संग्रहालयको पहलमा फिर्ता ल्याइयो । पूर्वराजा पारस शाहको निजी गाडी पनि दरबारभित्र नै थन्किएको छ । नासोका रुपमा रहेका बाहन केही अवलोकनका लागि छोडिए पनि धेरैखुल्ला आकासमा घामपानी खाएर जीर्ण अवस्थामा छन् ।दशकौंदेखि यस्ता गाडी अलपत्र अवस्थामा रहँदा कसको चित्त काटिदैन र ? यी अधिकांश गाडी सरकारको मातहतमा गए भने ४ वटा नेपाली सेनाले लग्यो । बाँकी केही गाडी प्रदर्शनमा राखिए पनि विदेशी पाहुनाका लागि प्रयोगमा ल्याइने गरिएका गाडी भने अलपत्र अनि लथालिङ्ग अवस्थामा छन् ।

राजा महेन्द्रको शासनकालमा अधिकांश जर्मनीबाट खरिद गरी ल्याइएका गाडीहरूको पार्टपुर्जा जीर्ण भएकै कारण मोडल पहिचान गर्न समेत कठिन हुने गरेको छ । प्रयोग गरेर शीतल निवास र परराष्ट्र मन्त्रालयमा थन्काइएका गाडी पनि केही समयअघि संग्रहालयको पहलमा फिर्ता ल्याइएका हुन् ।

नेता र मन्त्रीले चढ्ने गरेका गाडी फिर्ता ल्याइए पनि संरक्षण कसरी गर्ने भन्ने कार्ययोजना संग्रहालयसँग छैन । इन्टरनेशनल लेखिएको गाडी राजा त्रिभुवनले विक्रम संवत १९६७ मा बेलायतबाट झिकाउनु भएको थियो । पिकनिक जान र परिवारका सदस्य घुमाउन यसको प्रयोग हुन्थ्यो ।

प्रिन्सेस लेखिएको अर्को गाडी राजा महेन्द्रले बेलायतबाटै मगाउनुभएको हो । राजा महेन्द्रको कार्यकालमा धेरै प्रयोगमा आएको यो गाडी अहिले अलपत्र अवस्थामा छ । मर्मत सम्भार नहुँदा यसको हालत झन्झन् जीर्ण बन्दै गएको छ ।

राजा त्रिभुवनकी कान्छी पत्नी सरला महारानीले प्रयोग गर्ने गरेको यो गाडी भने नागरिकको प्रदर्शनका लागि तयारी हालतमा राखिएको छ ।

राजतन्त्रको अन्त्यपछि राजामहाराजालाई गाली गर्नुमा आफ्नो भलो देखेका नेताहरूको दृष्टि यहाँ रहेका विलासी गाडीमा पर्नु आफैंमा उदेकलाग्दो छ । यी अमूल्य निधिलाई इतिहासको साक्षी र पछिल्लो पुस्ताका लागि खुल्ला पुस्तकालय बनाउनु सट्टा त्यसको प्रयोगमा बडप्पन देख्नु इतिहासप्रतिको बेइमानी हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४