Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विश्व सिमसार दिवसका अवसरमा आज नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदै


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, माघ १९ २०७८
  • 4.4K
    SHARES

काठमाडौं । आज विश्व सिमसार दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

यो वर्षको सिमसार दिवसको नारा ’मानिस र प्रकृतिको लागि सिमसार कार्य’ भन्ने रहेको छ । सिमसार क्षेत्र पर्यावरण, जलचर, औषधि र कुन्दमूलका लागि उपयोगी मानिन्छ ।

सिमसारले बाढी, पहिरो, अतिवृष्टि अनि अनावृष्टिलाई पनि प्राकृतिक सुरक्षा दिन्छ । सिमसार क्षेत्रको दलदले माटोले विश्वका झण्डै ३ अर्ब जनसंख्याका लागि पुग्ने चामल उत्पादन हुने गरेको विभिन्न अध्ययनले देखाएको छ ।

सिमसारको नष्ट गर्नु भनेको संसारले भोकमरीलाई निमन्त्रणा गर्नु जस्तै हुने सो क्षेत्रका विज्ञले बताएका छन् । यस्तै, सिमसार क्षेत्र चराका लागि बच्चा कोरल्न पनि उपयुक्त हुने अध्ययनले देखाएको छ ।

विश्व सिमसार सूचीमा नेपालका १० वटा सिमसार दर्ता भएका छन् । कैलालीको घोडाघोडी ताल, रारा ताल, कोशीटाप्पु वन्यजन्तु आरक्ष, बिसहजारी ताल, जगदिशपुर ताल, से फोक्सुन्डो ताल, माइपोखरी अनि कास्कीका ९ वटै ताल सिमसार क्षेत्र मानिन्छ ।

सरकारी अध्ययनले नेपालमा ठूला–साना गरी झण्डै ४ हजार सिमासार क्षेत्र रहेको देखाएको छ । पानी भएको दलदले, धापिलो वा ओसिलो ठाउँ सिमसार हो । सिमसारको परिभाषाभित्र ताल–तलैया, नदी किनार र धानखेत समेत पर्दछ ।

सिमसार नासिदा जैविक विविधताको घर पनि नष्ट हुन्छ र वातावरणमा पनि खलल पुग्छ । त्यसको प्रत्यक्ष असर मानव जीवनमा समेत पर्ने विज्ञले बताउँदै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४