काठमाडौं । हराएको कोभिड–१९ विरुद्धको २४ लाख डोज खोप खोज्न गठित छानविन समितिले खोपको मौज्दात र खोप लगाएका व्यक्तिहरुको विवरण चार दिनभित्र पठाउन ‘सर्कुलर’ गरेको छ ।
माघ २१ गते अपरान्ह ३–४ बजेभित्रमा खोपको मौज्दात र खोप लगाएका व्यक्तिहरुको विवरण पठाउन सरोकार सबै पक्षलाई छानविन समितिले भनेको हो ।
गठित छानविन समितिको पहिलो बैठकले स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखा, ७ वटै प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, ७७ वटै जिल्लाका स्वास्थ्य कार्यालय, ७५३ वटै स्थानीय तहलाई खोपको मौज्दात र खोप लगाएका व्यक्तिहरुको विवरण पठाउन सार्वजनिक सूचना जारी गर्ने निर्णय गरेको हो । विवरण पठाउँदा डीएचएस–२ प्रणाली अनुसार पठाउन भनेको छ ।
हेर्नुहोस् सूचनाः

