Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

काँग्रेस केन्द्रीय कार्यसम्पादन समिति गठन, को-को बने सदस्य ?


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, माघ १४ २०७८
  • 2.5K
    SHARES

काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समिति गठन भएको छ । शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको भर्चुअल बैठकले कार्यसम्पादन समिति गठन गरेको केन्द्रीय सदस्य नैनसिंह महरले जानकारी दिए  । सभापति शेरबहादुर देउवाले बैठकमा २४ जनाको नाम अनुमोदनका लागि प्रस्ताव गरेका थिए । बैठकले उक्त नाम सर्वसम्मत रुपमा अनुमोदन गरेपछि सम्पादन समिति गठन भएको हो । काँग्रेस विधान अनुसार ४६ सदस्यीय सम्पादन समिति बन्ने भएपनि आज पदाधिकारीसहित ३७ जनालाई मात्र समेटिएको हो ।

सभापतिले ३१ जना केन्द्रीय सदस्यलाई कार्यसम्पादन समितिमा राख्ने पाउने व्यवस्था छ । तर आज उनले २४ जनालाई मात्र कार्यसम्पादन समिति सदस्य बनेका छन् । २० जना केन्द्रीय सदस्य मनोनीत गर्न बाँकी रहेकाले देउवाले कार्यसम्पादन समितिलाई पूर्णता नदिएको पाइएको छ । 

यी हुन् कार्यसम्पादन समिति सदस्य

कार्यसम्पादन समितिमा सभापति देउवा, उपसभापतिद्वय पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा सहमहामन्त्रीहरु फरमुलाह मन्सुर, उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्दम्बे, महेन्द्र यादव, किशोर सिंह राठौर, बद्री पाण्डे र जीवन परियार पदेन सदस्य रहने छन् । यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वउपसभापतिहरु गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, विजय गच्छदार र प्रकाशमान सिंह सम्पादन समिति सदस्य बनेका छन् ।

यस्तै पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, शशांक कोइराला, पूर्व कोषाध्यक्ष चित्रलेखा यादव, पूर्वसहमहामन्त्रीहरु रामशरण महत, अजुर्ननरसिंह केसी, प्रकाशशरण महत र सुनिलबहादुर थापा पनि कार्यसम्पादन समिति सदस्यमा समेटिएका छन् ।  केन्द्रीय सदस्यहरूबाट शेखर कोइराला, बलबहादुर केसी, बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, रमेश रिजाल, नारायण खड्का, जीप छिरिङ लामा, पद्मनारायण चौधरी, उमा रेग्मी , एनपी साउद, सुजाता कोइराला आनन्द ढुंगाना कार्यसम्पादन समिति भएका छन् ।

  • काँग्रेस बैठक सकियो, कार्यसम्पादन समिति गठन गर्ने प्रस्ताव पारित

नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समिति गठन भएको छ । शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको भर्चुअल बैठकले कार्यसम्पादन समिति गठन गरेको हो । बैठकमा सभापति शेरबहादुर देउवाले महामन्त्री गगन थापालाई प्रस्ताव पेस गर्न लगाएका थिए । उनले कार्यसम्पादन समितिका पदेन र सभापतिबाट मनोनितको नाम बैठकमा पेस गरेका थिए । बैठकले सर्वसम्मत रुपमा प्रस्ताव पारित गरेको गरेको केन्द्रीय सदस्य नैनसिंह महरले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४