Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एमाले फेरि विभाजन, रावलकाे नेतृत्वमा दल दर्ता गर्न भुसालसहित २० सांसद पुगे निर्वाचन आयाेगमा ,


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, माघ ११ २०७८
  • 4.4K
    SHARES

एमाले फुटाउने भीम रावल र घनश्याम भुसालको तयारी

 काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेमा अबको केही दिनमै ठूलो पहिरो जाने निश्चित भएको छ । लामो समय माधव कुमार नेपाल क्याम्पमा रहेका तर पार्टी विभाजनताका एमालेमै बसेकाहरुले नयाँ दल दर्ताको तयारी गरेको स्रोतले जनाएको छ ।  पार्टी अध्यक्ष केपी शर्मा ओलीले व्यवहार परिवर्तन नगरेको र आफूहरुको राजनीतिक भविश्य समाप्त हुन खोजेको निष्कर्ष निकालेका उनीहरुले नयाँ दल दर्ता गरेर नयाँ ढंगको राजनीति सुरु गर्न खोजेका हुन् ।

 नयाँ पार्टीको नेतृत्वमा घनश्याम भुसाल, भीम रावललगायत नेताहरु रहनेछन् । नयाँ पार्टी दर्ताका लागि आवश्यक तयारीहरु भइरहेको र अबको केही दिनमै निर्वाचन आयोगमा गएर दल दर्ता गर्ने उनीहरुको तयारी छ ।

 भीम रावल नेकपा एमालेको १० औँ महाधिवेशनमा अध्यक्षका उम्मेदवार दिए । तर उनी अध्यक्ष केपी शर्मा ओलीसँग पराजित भए । पदाधिकारीमा पराजित भएकाहरु स्वतः केन्द्रीय सदस्य बन्न पाउने प्रावधान रहेको भए पनि पनि रावलले केन्द्रीय सदस्य पद अस्वीकार गरे ।

 यस्तै नेता घनश्याम भुसाल पनि पदाधिकारीमा उम्मेदवार भएर पराजित भएका हुन् । उनले भने केन्द्रीय सदस्य स्वीकार गरेका छन् । केही दिनअघि घनश्याम भुसाल र भीम रावलले नेकपा एमाले छाड्न खोजेको चर्चा चुलिएको थियो । स्रोतका अनुसार उनीहरुले नेकपा एमाले त्यागेर नयाँ दल दर्ता गर्न लागेका हुन् । पार्टी विभाजन नहुँदा लामो समयसम्म नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालको साथमा रहेका नेता रावलले केही रणनीतिसहित एमालेमा बसेका थिए ।

 एमाले अध्यक्ष केपी शर्मा ओलीको चर्को आलोचकको रुपमा रहेका रावल नै माधव नेपालको साथ छाडेर एमालेमै बस्नुलाई त्यतिबेला नै रहस्यको रुपमा हेरिएको थियो । नयाँ पार्टी दर्ता गर्नकै लागि उनी एमालेका कुनै पनि कमिटीमा नबसेका एमालेकै नेताहरुको आरोप छ ।  १० औँ महाधिवेशनमा आफूले एमाले अध्यक्षमा विजयी हाँसिल गरेमा माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीलाई पनि एमालेमै समाहित गर्ने रावलको रणनीति थियो । त्यसै रणनीतिअनुसार नै भीम रावललगायत नेताहरु एमालेमै बसेकासमेत चर्चा भइरहेको छ ।

 पहिले माधव नेपाल क्याम्पमा रहेका सचिव योगेश भट्टराईहरुले भने भीम रावल र घनश्याम भुसालहरुलाई साथ नदिने बुझिएको छ । उनी केपी ओलीको समर्थनमा खुलेरै अघि बढिसकेका छन् । यस्तै अष्टलक्षमी शाक्यलगायत प्रभावशाली नेताहरु पनि नयाँ पार्टीमा जानेबारे निर्णय गर्न सकिरहेका छैनन् । यसअघि शाक्य र रावल, भुसालहरु एउटै क्याम्पमा रहेका थिए ।

  •  अन्तत पासा पल्टियो, एमाले र सूर्य चिह्न नै माधव नेपालको पोल्टामा

काठमाडौं । नेकपा एमालेबाट विद्रोह गरी नयाँ राजनीतिक यात्रा शुरू गरेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको आधिकारिकता र सूर्य चिह्न पाउने सम्भावना रहेको नेपाल पक्षीय नेताहरूको दाबी छ । केही दिनअघि नेकपा एकीकृत समाजवादी नामको नयाँ दल दर्ताका लागि नेता नेपालसँगै ५८ केन्द्रीय सदस्यहरूले निर्वाचन आयोगमा निवेदन दिएका थिए ।

 आयोगले सनाखतका लागि बुधवारको समय तोकेको छ । एकताका पक्षधर मानिने ५७ केन्द्रीय सदस्यहरू अन्तिम अवस्थामा विद्रोह गर्ने सम्भावना रहेको एमालेका नेता राजेन्द्र राई बताउँछन् । शनिवार एक स्ट्याटस लेख्दै नेता राईले भनेका छन् – ‘माधव पक्षीय एकता अभियान वाला ५७ रे, यता नयाँ पार्टी दर्तामा हस्ताक्षर गर्ने ५८, दुवै जोड्दा ९११५०, निर्वाचन आयोगमा दर्ता भएको एमाले केन्द्रीय सदस्य संख्या २०३, भनेपछि माधव पक्षको बहुमत देखियो ९११५०, चिन्ह र नाम त पाइने देखियो।

 आयोगमा दर्ता भएको संख्याका आधारमा नेपालको पक्षमा बहुमत केन्द्रीय सदस्य रहने उनको दाबी छ । दल विभाजनसम्बन्धी कानूनी प्रावधानका आधारमा बहुमत पक्षलाई पार्टीको आधिकारिकता र चुनाव चिह्न दिने व्यवस्था रहेको छ ।

  •  रावलको नेतृत्वमा अर्को २० प्रतिशतको खेल सुरू

नेकपा एमालेमा विभाजनको संकेत देखिएको छ । एमाले विभाजन हुँदा कतै नलागेको बताएका नेताहरूले एमालेमा फरक पार्टीको अभ्यास गर्नेगरी आफ्नो तयारी अगाडी बढाएपछि यस्तो संकेत देखिएको हो । खासगरी एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिहिबार एक कार्यक्रममा पिलो निचोरिएको तर खील निस्कन अझै बाँकी रहेको बताएपछि माधव नेपालको साथ् छाडेका नेताहरू तर्सिएका छन् । त्यसलगत्तै एमाले उपाध्यक्ष समेत रहेका नेता भीम रावलले नयाँ अभ्यासको सुरुवात गरेका छन् ।

 विभाजनपछि माधवकुमार नेपाल पक्षमा नगएका एमालेका रावललगायतका नेताहरुले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सके सुधार्ने नत्र विद्रोह गर्ने तयारी बारे छलफल गरेका छन् ।

 एमाले फुटाएर नयाँ दल दर्ताको निवेदन दिएका माधव नेपालले आफूहरूलाई महत्व नदिएर तेस्रो तहका नेताहरूलाई लिएर अगाडी बढेपछि नेपाल समूहमा तत्काल नजाने जनाएका नेताहरूले फरक रणनीति बनाउन बैठक नै बोलाएका छन् । एमाले विभाजन भइसक्दा पनि नेता नेपाललाई साथ नदिएर कतै नलाग्ने भनेका नेताहरूले ओली पक्षमा नै रहनुले एमाले फेरि फुट्ने प्रष्ट संकेत गरेको छ ।

 सुरेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्य, भीम रावल, युवराज ज्ञवाली, घनश्याम भुसाल, भीम आचार्य, गोकर्ण विष्ट, योगेश भट्टराईलगायतका नेताहरुले ओली पक्षमा विद्रोहको तयारी गर्ने देखिएको हो । भीम रावल एमाले विभाजनको तयारी हुँदैगर्दा माधवलाई साथ दिएका नेता हुन् । तर पछिल्लो समय एमाले एकताका लागि भन्दै ओलीप्रति नरम बन्दै माधवको साथ छोडेका छन् ।

रावलले माधवको साथ छोड्लान भनेर आंकलन भने गरिएको थिएन । एमाले विभाजन भएपछि उनले माधव नेपालको साथ छोडे । पछिल्लो विकशित घटनाक्रम अनुसार उनीहरू माधव समुहमा पनि नजाने र छुट्टै वि’द्रोह गर्नेगरी तयारी गरिरहेको बुझिएको छ । माधवको साथ छोडेका नेताहरुले अध्यक्ष ओलीलाई भेटेर सहमतिको नयाँ बिन्दु खोज्न आग्रह गरेका थिए । तर उनीहरुको आग्रहलाई ओलीले वास्ता नगरेको नेताहरुको भनाइ छ ।

 नयाँ अध्यादेशकै कारण अब पार्टी विभाजनको लागि २० प्रतिशत पुर्‍याउन सहज हुने भएकाले पनि उनीहरूले यस्तो तयारी गरेको बुझिएको छ । ओलीसँग अझै एक पटक अन्तिम प्रयास गर्ने र कुनै हालतमा नमिल्ने देखिएमा नयाँ रणनीति अनुसार विद्रोह हुने नेताहरूको दाबी छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४