Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

१५ लाख ट्याबलेट सिटामोल बजार पठाईंदै


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, माघ ५ २०७८
  • 2.4K
    SHARES

काठमाडौं । औषधि व्यवस्था विभागले अनावश्यक रुपमा सिटामोल मौज्दात नगर्न उपभोक्तालाई आग्रह गरेको छ ।

कोरोना संक्रमण बढेका बेला सिटामोल अभाव देखिएको छ । विभागले भने आपूर्ति चक्रमा केही समस्या भएका कारण केही स्थानमा सिटामोल अभाव भएको बताएको छ । उत्पादक कम्पनीहरुले हालै ५ करोड ८० लाख ट्याबलेट सिटामोल बजार पठाएको विभागका महानिर्देशक नारायणप्रसाद ढकालले बताएका छन्  ।

नेपालमा एक सरकारीसहित १९ वटा कम्पनीले सिटामोल उत्पादन गर्छन् । ढकालका अनुसार उत्पादकसँग १५ लाख ट्याबलेट र ३ करोड ५२ लाख ट्याबलेटका लागि कच्चा पदार्थ मौज्दात रहेको जानकारी उत्पादकले दिएका छन् ।

विभागमा बुधबार भएको छलफलमा सबै उत्पादकहरुले सिटामोल उत्पादन पूर्ण क्षमतामा थाल्न सहमत भएकाले बजारमा सिटामोल अभाव नहुने महानिर्देशक ढकालले दाबी गरे ।

  • १५ लाख सिटामोल बजार पठाईंदै

छलफलमा सरकारी स्वमित्वको नेपाल औषधि लिमिटेडसहितका उत्पादकले मौज्दातमा रहेको १५ लाख ट्याबलेट सिटामोल दुई दिनमा बजार पठाउने प्रतिबद्धता जनाएका छन ।

नेपाल औषधि लिमेटेडका महाप्रबन्धक मोहम्मद सफीउल्लाहका अनुसार कम्पनीले ९ लाख ट्याबलेट सिटामोल दुई दिनमा बजारमा पठाउने गरी काम गरिरहेको छ । प्रदेश सरकार र केन्द्रिय सरकारको मागअनुसारको सिटामोल दिन कम्पनी तायार रहेको पनि उनले बताए ।

नेपाल औषधि व्यवसायी संघका अध्यक्ष मृगेन्द्र मेयर श्रेष्ठका अनुसार सबै उत्पादक कम्पनीले आफूले सक्ने जति सिटामोल उत्पादन गर्न पनि सहमत भएका छन् ।

  • सिटामोल लुकाए कडा कारबाही

यसैबीच वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सिटामोलको कृत्रिम अभाव सृजना नगर्न औषधि पसल सञ्चालकहरुलाई आग्रह गरेको छ ।

बजारमा सिटामोलको उत्पादनमा समस्या नभएको भन्दै विभागले सिटामोलको कालोबजारी गरे वा कृतिम अभाव सृजना गरे कडा कारबाही गर्ने चेतावनी दिएको छ ।

विभागका अनुगमन अधिकृत धनेश्वर पौडेलका अनुसार विभागले आफ्नो अनुगमन औषधिमा केन्द्रित गरेको छ । साथै कुनै पनि स्वास्थ्य सामाग्री वा औषधिमा ठगिएको अनुभूति भए खबर गर्न पनि विभागले आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४