Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

व्यापारलाई विकाससँग जोड्नुपर्छ : सचिव पोखरेल


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, पुष २९ २०७८
  • 3.3K
    SHARES

काठमाडौं,  । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरलले व्यापारलाई विकाससँग जोड्नु पर्ने बताउनु भएको छ ।

सचिव पोखरेलले व्यापार विकासको माध्यम भएकोले व्यापारलाई विकाससँग जोड्नुपर्ने बताउनुभएको हो । उहाँले अहिले विश्व अर्थतन्त्र आफैंमा आत्मनिर्भर नभएको बताउनुभयो । सरकारले अहिले आयात गर्न बन्देज लगाएका सामानहरु आवश्यकता हेरेर आयातको लागि निर्णय गर्ने बताउनु भयो । उहाँले व्यापारलाई विकासको माध्यम बनाउन विकाससँग नजोड्ने किसिमले हेर्दा व्यापारको विस्तारको गन्तव्यमा नपुग्ने बताउनुभयो ।

राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुँयालले सरकारले लिएका खम्बे अर्थ नीति अनुसार अगाडि बढ्नु पर्ने बताउनुभयो । उहाँले दुईपक्षीय व्यापार विस्तारको लागि सरकार, निजी क्षेत्र र सहकारी तीनवटै मिलेर गर्दा सफल हुने बताउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नेपाल विश्वव्यापार संगठनसँग आवद्ध भएर पनि केही फाइदा लिन नसकेको बताउनुभयो । उहाँले विश्व व्यापार संगठनमा आवद्ध भएपनि नेपाली उद्योगमा भएका वस्तु अन्तर्राष्ट्रिय बजारमा निर्यात हुन नसकेको बताउनुभयो । नेपालमा राजनीतिक परिर्वतनको कारण पनि उद्योगमा लगानी हुन नसकेको बताउनुभयो । उहाँले नेपाली अर्थतन्त्रको क्षमता ७ प्रतिशत आर्थिक वृद्धिदर पुग्ने नभएको बताउँदै विगतमा नेपालको आर्थिक वृद्धिदर ५ प्रतिशतको हाराहारीमा रहेको बताउनुभयो ।

अध्यक्ष गोल्छाले वस्तुको लागत कम गर्नको लागि सरकारले भन्सारसम्म रेल जोड्नु पर्ने बताउनुभयो । उहाँले लागत कम गर्ने उदेश्यले सरकारले काठमाडौंमा सुख्खा बन्दरगाह निर्माण गरेर पनि अहिलेसम्म सञ्चालनमा आउन नसकेकोप्रति गुनासो गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४