Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भरतपुर अस्पतालमा सुत्केरी गराउन गएकी एक महिलाको मृत्यु


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, पुष २९ २०७८
  • 2.1K
    SHARES

चितवन । चितवनको भरतपुर अस्पतालमा सुत्केरी गराउन गएकी एक महिलाका मृत्यु भएको छ । पूर्वी चितवनको राप्ती नगरपालिका वडा नं. ८ की ३३ वर्षीया राधिका थापाको मृत्यु भएको हो ।

पीडित परिवारले अस्पतालको गम्भीर लापरबाहीले मृत्यु भएको गुनासो गरेका छन् । मृतक थापाका दाजु तारा थापाले विहान साढे ८ बजेसम्म ठिकठाक नै रहेकी राधिकाको अस्पतालले सुत्केरी गराउने क्रममा लापरबाही गरेकाले मृत्यु भएको बताए ।

पुस २६ गते दिउँसो १ बजेतिर सुत्केरी व्यथाले च्यापेपछि भरतपुर अस्पताल भर्ना भएकी थापालाई साधारण ढंगले सुत्केरी गराउने भन्दै अस्पतालका डाक्टर र नर्सले २८ गते बिहानसम्म राखेका थिए । ‘उहाँहरूले दिउँसो १२ बजेसम्म हुन्छ भनेर राख्नुभयो, हामीलाई भित्र जान पनि दिनु भएन, बहिनी असाध्य पीडा भएर भुईँमा लडिछन्, नजिकको अर्को बिरामीकाअनुसार त्यहाँ कोही नर्स, डाक्टर थिएनन् रे, मुखबाट रगत आएर बेहोस भएर ढलिछन्’ मृतकका दाजु ताराले भने, ‘हामी भित्र जाँदा त बहिनी अचेत थिइन्, नर्स आएर सीपीआर गरिरहेका थिए, डाक्टर थिएनन् । हतार हतार आईसीयू लगेर भेन्टिलेटरमा राखियो ।’

भेन्टिलेटरमा राखेको केही समयपछि डाक्टरले राधिकालाई मृत घोषणा गरेका थिए । उनको पेटमा साढे तीन किलोको छोरा रहेको मृतकका दाजु ताराले बताए ।

पुस २४ गते सुत्केरी गराउने मिति नियमित चेकजाँच गर्दै आएका प्रसूति रोग डाक्टर लोकबहादुर सेढाइले दिएका थिए । ‘२२ गते यहाँ राप्ती खुरखुरेमा भिडियो एक्सरे गरेर हेर्दा सबै कुरा नर्मल छ, एक/दुई दिनमा अस्पताल जानु भए हुन्छ भनेर डाक्टरले भन्नुभएको थियो,’ ताराले भने ।

राधिकाका श्रीमान् सुधिर थापा जापानमा छन् । उनी विगत ८ वर्षदेखि जापानमा बस्दै आएका छन् । राधिका भने दशैं अगाडि मात्रै नेपाल आएकी थिइन् । उनकी ६ कक्षामा अध्ययनरत छोरीसमेत छिन् । राधिकाले अघिल्लो पटक छोरी साधारण तरिकाले नै जन्माएकी थिइन् ।

राधिकाको शवलाई भरतपुर अस्पतालको शव गृहमा राखिएको छ । पोष्टमार्टम गर्न परिवारले मानेका छैनन् ।बुधबार  अस्पतालका अध्यक्ष डा.भोजराज अधिकारीसहित भएको छलफलमा अस्पतालले गल्ती र कमजोरी भएको स्वीकार गरेको मृतकका दाजु ताराले बताए । ‘हामीले क्षतिपूर्ती रकम मागेनौं । हामीलाई पैसाभन्दा पनि अस्पतालले गल्ती स्वीकार गर्नुपर्छ भन्ने छ, अस्पतालले गल्ती स्वीकार पनि गरेको छ’ ताराले भने, ‘बहिनी नै मरेर गएपछि तिनीहरूले दिएको पैसाले के नै हुन्छ र ? पैसा त हामीसँग पनि छ तर बहिनीको ज्यान छैन के गर्ने ?’ उनले भरतपुर अस्पतालको प्रसूति विभागमा चरम लापरबाही हुने गरेको बताए ।

भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. कृष्ण पौडेलले सुत्केरी गराउन आएकी राधिकाको मुटुको नशामा एक्कासी रगतको प्रेसर परेर मृत्यु भएको दाबी गरे । डा. पौडेलले राधिकाको उपचारमा अस्पतालको तर्फबाट लापरबाही नगरेको जिकिर गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४