Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बालबालिकालाई कोरोनाबाट बचाउन १५ दिन विद्यालय बन्द गरौं : नेविसंघका पूर्वअध्यक्ष महर


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, पुष २५ २०७८
  • 6.4K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महरले कोरोना भाइरस (कोभिड–१९) को नयाँ भेरियन्ट ओमिक्रोनको जोखिमलाई मध्यनजर गर्दै १५ दिन विद्यालय बन्द गर्नु पर्ने बताउनु भएको छ ।

थारु विद्यार्थी संघ केन्द्रीय समितिको आयोजनामा ओमिक्रोन र शैक्षिक क्षेत्रमा यसले निम्त्याउने संकट विषयक अन्तरक्रिया कार्यक्रममा बोल्नु हुँदै महरले देशमा फेरि कोरोना जोखिम बढेकाले आवश्यकता हेरेर बालबालिकालाई त्यसको सम्भावित खतराबाट बचाउन १५ दिन विद्यालय बन्द गर्नु पर्ने बताउनु भएको हो ।

महरले कोरोना संक्रमणको सम्भावित खतराबाट जोगाउन सरकारले आवश्यक कदम चाल्न ढिलाइ गर्न नहुने बताउनु भयो । सरोकारवालाहरूसँगको परामर्शका आधारमा स्थानीय, प्रदेश र केन्द्रीय सरकार तहको समन्वयमा कोरोना जोखिमको अवस्था हेरेर विद्यालय केही समय बन्द गर्न सकिने उहाँको भनाइ छ ।

उहाँले १५ दिन पहिलाको जस्तै वैकल्पिक विधि अपनाएर वा १५ दिनलाई हिउँदे बिदामा मिलाएर भए पनि शैक्षिक संस्था बन्द गर्नुपर्नेमा जोड दिनु भयो ।​

साथै उहाँले बालबालिकामा कोरोनाविरूद्ध खोप छिटो लगाउनुपर्ने पनि बताउनु भयो ।

कार्यक्रममा सहभागी शिक्षाविद् एवं शिक्षा क्षेत्रका सरोकारवालाहरूले पनि कोरोनाको अर्को लहरबाट बालबालिकालाई जोगाउनका लागि केही दिन विद्यालय बन्द गर्नु नै उत्तम विकल्प हुने सुझाव दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४