Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एमाले कपिलवस्तु अध्यक्षमा शर्मा विजयी, यसरी उल्टियो सचिवको मतपरिणाम


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, पुष २५ २०७८
  • 6.9K
    SHARES

बुटवल । नेकपा एमाले कपिलवस्तुको अध्यक्षमा डम्मर शर्मा निर्वाचित भएका छन् । अध्यक्षका लागि शनिबार भएको मतदानमा २ सय ३८ मत ल्याउँदै शर्मा निर्वाचित भएका हुन् ।

उनका प्रतिस्पर्धीद्वय बाबुराम खनालले १८६ र नेत्र अधिकारीले १ सय मत प्राप्त गरेका छन् ।

यस्तै उपाध्यक्षमा विश्रामप्रसाद थारु निर्वाचित भएका छन् । थारुले ३ सय ४५ मत प्राप्त गर्दा प्रतिस्पर्धी हिरालाल पौडेलले १ सय ६६ मत प्राप्त गरे ।

उल्टियो सचिवको मतपरिणाम

सचिवमा १७८ मतसहित चन्द्रबहादुर (सीबी) गहतराज विजयी भएका छन् । प्रतिस्पर्धी विश्व कार्कीले १७६ मत पाए ।

सचिवमा शुरुमा कार्कीलाई ५ मत अन्तरले विजयी घोषणा गरिएको थियो तर गहतराजले पुनः गणनाको माग गर्दा कार्की पराजित भएका हुन् ।

सचिवका अर्का प्रतिस्पर्धी भेषराज पाण्डेले १ सय ६० मत प्राप्त गरेका छन् । यस्तै उपसचिव खुल्लामा अर्जुन केसी र महिला उपसचिवमा सुशीला दर्लामी सर्वसम्मत निर्वाचित भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४