Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कक्षा ११ को ग्रेडवृद्धि र आंशिक परीक्षाको नतिजा प्रकाशित”कक्षा १२ को पूरक परीक्षाको परीक्षा केन्द्र पनि निर्धारण”


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, पुष २३ २०७८
  • 4.6K
    SHARES

  • कक्षा १२ को पूरक परीक्षाको परीक्षा केन्द्र पनि निर्धारण

काठमाडौं । कक्षा ११ को ग्रेडवृद्धि तथा आंशिक परीक्षाको नतिजा प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले २०७८ असोज ११ गते लिएको ग्रेडवृद्धि तथा आंशिक परीक्षाको नतिजा प्रकाशित भएको हो ।

ग्रेडवृद्धि तर्फ २१ हजार ८१६ र आंशिकतर्फ २ हजार ९०८ गरी जम्मा २४ हजार ७२४ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए । त्यसमध्ये ७९.०६ प्रतिशत उत्तीर्ण भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

बोर्डका अनुसार परीक्षाफल राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट र नेपाल टेलिकमको वेबसाइटबाट हेर्न सकिन्छ । साथै नेपाल टेलिकमको १६०० नम्बरमा एसएमएस गरेर वा १६०१ नम्बरमा डायल गरेर पनि नतिजा थाहा पाउन सकिन्छ ।

साथै २०७८ सालको कक्षा १२ को ग्रेड वृद्धि पूरक परीक्षाको परीक्षा केन्द्र पनि निर्धारण गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । परीक्षा केन्द्र सम्बन्धी विवरण राष्ट्रिय परीक्षा बोर्डको वेबसाइटमा राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४