Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सांसद मोदीले भने : उखु किसानका लागि अनशन बसौं


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, पुष २० २०७८
  • 2.4K
    SHARES

काठमाडौं । सांसदहरुले उखु किसानले चिनी मिललाई उखु बेचेको रकम अझै नपाएको भन्दै सरकारको आलोचना गरेका छन् ।

मंगलबार प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको बैठकमा सहभागी सांसदहरूले समयमै उखुको मूल्य निर्धारण नगर्ने र किसानले मिललाई बेचेको उखुको भुक्तानी दिलाउन पहल नगरेको भन्दै सरकारको आलोचना गरेका हुन् । उनीहरुले संसदीय समितिले उखु किसानको विषयमा पटक पटक दिएको निर्देशन पनि पालना नभएको भन्दै विरोध जनाए ।

बैठकमा नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले उखुको उचित मूल्य नपाउनु र बिक्री भएको उखुको भुक्तानी समयमा नपाउनु दुखद भएको बताए । उनले उखु किसानका लागि सांसदहरु नै आमरण अनशन बस्ने अवस्था आएको बताए । सांसद मोदीले प्रस्ताव गरे, ‘अब सांसदहरू नै आमरण अनसन बसौं ।’

किसानहरूले अझै पनि चिनी मिलहरुबाट ८ करोड ७० लाख रुपैयाँ भुक्तानी लिन बाँकी भएको बताएका छन् ।

बैठकमा सांसद धर्मशिला चापागाईंले उखुको मूल्य निर्धारणको विषयमा लेखा समितिले २०७५ सालमा दिएको निर्देशन अहिलेसम्म कार्यान्वयन नभएको र पटक पटक यही विषयमा छलफल गरिरहनुपरेको गुनासो गरिन् ।

‘२०७५ साल असोज १८ गतेको बैठकपछि निर्देशनहरू पनि हामीले दिएका थियौं । नीतिगत रूपमा के के गर्ने ? रणनीतिक हिसाबले के गर्ने ? यो गर्ने भनेर र तत्काल के के गर्ने भनेर निर्देशन गर्‍यौं । फेरि उही छलफल उही समस्या किन ? निर्देशन दिँदै जाने कार्यान्वयन नहुने ? किसानहरू झुन्डिएर मर्ने वातावरण किन बनाउछौं ?’ उनले भनिन् ।

अर्का सांसद पार्वती बिशुंखेले मुखले भुइँमान्छेको कुरा गर्ने तर खासमा साहु महाजनकै हित हेर्ने प्रवृत्ति देखिएको बताइन् । ‘उखु किसानको बक्यौता किन बाँकी रह्यो किसानका पक्षबाट जवाफ चाहियो’ उनले भनिन् ।

अर्का सांसद राजेन्द्र केसीले उखुको भुक्तानीमा अझै किन समस्या भइरहेको भनी प्रश्न गरे । ‘यो देशमा ल एन्ड अर्डर नै नभएको हो कि ? किसानले आफ्नो उत्पादनको पैसा पनि पाउँदैन । फ्याक्ट्रीले मान्छेका भन्सामा चिनी पठाइसक्दा पनि (किसानले) भुक्तानी पाउँदैन किन ?’

चिनी उद्योग २९ बाट ८ वटामा झर्नुको कारणबारे पनि सरकारले जवाफ दिनुपर्ने बताए ।

उनले उखु किसानको अधिकारका लागि लड्दा लड्दै ०७७ पुस ४ गरे मृत्यु भएका किसान नारायण यादवलाई शहीद घोषणा गर्न माग गरे । सांसद पार्वती डिसी चौधरीले किसानले उखु बेचेको मूल्य माग्दै माइतीघरमा आन्दोलन गर्न पर्नु दुखद भएको बताइन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४