नेताहरुका अनुसार महासचिवमा बलियो दावेदार मानिएका वर्षमान पुन र जर्नादन शर्माको सम्भावना कमजोर बनेको छ । दुबै नेताको तलसम्म गुट भएको र एकले अर्कालाई स्वीकार नगर्ने अवस्था देखिएको भन्दै प्रचण्डले तेस्रो विकल्पमा जान सक्ने संकेत गरेका छन् । पुन र शर्माबाहेक महासचिवमा पम्फा भुसालको दाबी थियो ।
महाधिवेशन सकिने क्रममा एकाएक महासचिवमा शक्ति बस्नेतको नाम चर्चामा आयो । यसअघि पुन र शर्माको हानथाप हुँदा २०७२ सालमा केपी शर्मा ओली नेतृत्वको सरकारमा प्रचण्डले बस्नेतलाई गृहमन्त्री बनाएका थिए । केन्द्रीय सदस्यहरुको चयनका क्रममा बस्नेतको दौडधुप पनि देखिएको थियो ।
तर अब महासचिवमा देव गुरुङको सम्भावना बढी देखिएको माओवादी उच्च स्रोतको दाबी छ । ‘सिनियर र जनजाति पनि भएकाले गुरुङजी महासचिव हुने सम्भावना छ’ एक नेता भन्छन्, ‘तर अहिले यसै हुन्छ भन्न गाह्रो छ ।
