Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अब तालुखुइले पुरुषको टाउकोमा पनि पलाउनेछ कपाल, यस्तो छ नयाँ तरिका


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, पुष १७ २०७८
  • 2.9K
    SHARES

काठमाडौं । महिला वा पुरुष जो कोही पनि पछिल्लो समय कपाल झर्ने समस्याले पीडित हुने गरेका छन् । सन् २०१८ मा गरिएको एउटा अनुसन्धानले १८ देखि ३५ वर्षका ४७ दशमलब ६ प्रतिशत पुरुषमा तालुखुइले रोगको समस्या देखिने गरेको छ । यो समस्या हटाउनका लागि मानिसहरु विभिन्न औषधिको प्रयोग गर्ने, विभिन्न विधि अपनाएर उपचार गर्ने गर्छन् । त्यसका लागि विभिन्न प्रकारका स्याम्फू, कण्डीशनर र सीरम प्रयोग गर्ने गर्छन् । तर, सबै कुराले समस्या समाधान नहुनेहरु धेरै छन् । कपाल झर्ने समस्या वंशानुगत, जीवनशैली, खानपान, केमिकल भएको स्याम्फू वा कण्डिसनरको अधिक प्रयोग आदि कारणले हुने गर्छ । 

यस समस्याको विषयमा हालै एउटा अनुसन्धान गरिएको छ । पुरुषहरुको कपाल झर्ने समस्यालाई एन्ड्रोजेनिक एलोपेसिया वा मेल प्यार्टन बाल्डनेस भनिन्छ । यो समस्यामा दिमागमा कोशिकाहरु सकिएपछि हुने गर्छ ।  जसले गर्दा नयाँ कपाल उम्रिँदैन । यो समस्या कपालको रौँहरुको नजिक रक्तनलीको कमि हुँदै जाँदा हुने गर्छ । कपालको छिद«सम्म रक्तनलीहरु नपुग्दा कपाल पलाउने पोषक तत्वहरु पुग्दैन जसले गर्दा कपाल नै आउँदैन । 

नयाँ अध्ययनले कपाल झर्ने कारण शरीरका कोशिकाहरुमा पोषक तत्व प्रसार नहुनु र अक्सिडेटिभ तनावलाई विशेष ध्यान दिएको थियो । र, यसैमा आधारित भएर मुसामा कपाल उमार्न सफल भएका थिए । वैज्ञानिकले सेरियम न्यानोपार्टिकल्सलाई बायोडिग्रेडेबल पोलिथिन ग्लाइकोन लिपिड मिश्रणमा मिलाएर हाइल्यूरोनिक एसिडको प्रयोग गरी घुलनशील माइक्रोनीडल प्याच बनाए । प्याच भनेको आर्टिफिसियल कपाल वा प्रोस्थेटिक विग हो । 

यसपछि न्यानोपार्टिकल्सलाई मिश्रणमा जोडियो । यसलाई परीक्षण गर्नका लागि मुसाको कपालमा कपाल हटाउने क्रिमको प्रयोग गरियो । त्यसपछि कपाल हटाएको एउटा भागमा प्याच लगाइयो । प्याच नलगाइएको भागमा भन्दा लगाइएको भागमा कपाल अत्यधिक छिटो पलाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४