Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

साइबर अपराधको जालो, सामाजिक सञ्जालका मुद्दा अनुसन्धानमा हैरानी


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, पुष १६ २०७८
  • 4.4K
    SHARES

काठमाडौं । दिनप्रतिदिन बढ्दो साइबर अपराधले प्रहरी हायलकायल छ । साइबर उजुरीमा ८० प्रतिशत बढी सामाजिक सञ्जालको दुरुपयोगका मुद्दा छन् । साइबर अपराधबाट १६ देखि २९ भित्रका किशोरी र महिला प्रभावित हुने गरेको पाइएको छ । यौन दुर्व्यवहार, चरित्र हत्या र फेसबुक पासवर्ड ह्याकजस्ता अपराध बढी देखिन्छ । ब्यूरोमा दैनिक ८ देखि ३२ वटा उजुरी दर्ता हुने गरेको छ । ब्यूरोले निवेदन उपर विश्लेषण र अनुसन्धान गर्दा आएका निवेदनमध्ये कतिपय निवेदनमा प्रमाणको कमी हुने गरेको पाइएको छ ।

अझ सामाजिक सञ्जालको आधिकारिक कार्यालय विदेश भएकाले पत्राचार गर्दा ढिलो जवाफ आउने, ढिलो जवाफ आउँदा यता म्याद गुज्रने जस्ता समस्याले अनुसन्धान प्रभावित हुने गरेको छ । मुलुकमा कोरोनाअघि, कोरोना उत्कर्ष र अहिले गरी तीन अवस्थामा वर्गीकरण गर्दा हाल साइबर अपराध उच्च देखिएको छ । जसबाट महिला बालबालिका बढी प्रताडित भएको साइबर ब्यूरोका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) नविन्द अर्याल बताउनुहुन्छ ।

ब्यूरोले उपलब्ध गराएको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष २०७७÷७८ मा १ सय २६ मुद्दा दर्ता भएको थियो भने चालू आर्थिक वर्ष २०७८/७९ को ५ महिनामा ४८ मुद्दा दर्ता भएको छ । यसबीच ८ जना युटुबरमाथि साइबर अपराध अन्तर्गत मुद्दामा पक्राउ गरिएको छ ।

यौन दुर्व्यवहार, चरित्रहत्या र फेसबुक पासवर्ड ह्याकजस्ता अपराध बढी हुने गरेको देखिन्छ । सामाजिक सञ्जालमा हुने अपराध अनुसन्धानमा झन्झट रहेको वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) अर्याल स्वीकार्नुहुन्छ ।

ब्यूरोको तथ्याङ्क हेर्ने हो भने विगत ३ वर्षमा विभिन्न सामाजिक सञ्जालबाट विदेशबाट महँगो उपहार पठाउने र चिट्ठा परेको भन्दै संगठित रूपमा अनलाइन ठगी बढेको छ । यस्ता अपराधको सफल अनुसन्धान गर्दै आएको ब्यूरोको दाबी छ । यतिबेला नेपालीका हात–हातमा मोबाइल सेट र घरघरमा इन्टरनेटको पहुँच छ । लाखौं युवा विदेशमा छन् । सूचना प्रविधिसँगै बढ्दो अपराध नियन्त्रण गर्न चेतना त आवश्यक छ नै, पीडितले घरदैलोमै न्याय पाउने अवस्था सिर्जना गरिनु आवश्यक छ ।

सानोभन्दा सानो कानुनी उपचारका लागि काठमाडौं धाउनुपर्ने अवस्थाको अन्त्य कहिले हुने हो ?

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४