आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठले आफूहरु निर्वाचनको तयारीमा रहेको बताए । श्रेष्ठले जन न्युज नेपाल खबरसँग भने, ‘विधान मस्यौदा पारित भएलगत्तै सम्भवतः आजै निर्वाचन तालिका प्रकाशन हुन्छ, हामी भोटिङको लागि तयारी अवस्थामा छौं ।’
अध्यक्ष प्रचण्डले गत सोमबार पेस गरेको राजनीतिक प्रतिवेदन र नेता देव गुरुङले पेश गरेको विधान मस्यौदामाथि छलफल गर्न २५ वटा समूह बनाइएको छ । तीमध्ये ११ वटा समूहका टोली नेताले बुधबार आफ्ना धारणा राखिसकेका छन् । बाँकी टोलीले आज आफ्ना धारणा प्रस्तुत गर्नेछन् । समूहगत छलफलको निष्कर्ष सुनाउन प्रत्येक टोली नेतालाई १५ मिनेटको समय दिइएको छ । प्रस्तुतिको अभिलेखीकरण गर्न तीन सदस्यीय टोली बनाइएको छ । समूहगत छलफलको निष्कर्ष लिखित रुपमा राख्न निर्देशन जारी गरिएको छ ।
