तिहासलाई जोगाउनुपर्ने भएकाले शालिक राखिएको युवाहरूले बताएका छन् । वीरेन्द्रनगरको विकासमा योगदान पुर्याएको भन्दै २०४४ सालमा पहिलो पटक वीरेन्द्रचोकमा वीरेन्द्रको शालिक राखिएको थियो । तर, २०६२-०६३ मा आन्दोलनले वीरेन्द्रको सालिक फालिदिएका थिए । आन्दोलनकारीले गणतन्त्रको नारा लगाउँदै शालिक तोडफोड गरेर भत्काइदिएका थिए ।
वीरेन्द्रनगर नगरपालिकाले वीरेन्द्र चोक पुनर्निर्माण गरेपनि शालिक भने राखेको थिएन । पुनर्निर्माण भएको लामो समयसम्म शालिक राख्ने वा नराख्ने विषयमा विवाद भइरहेको थियो । तथापि नगरपालिकासँग समन्वय नगरी समितिले आज शालिक राखिदिएको हो ।
