Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

१२ खर्बको बजेट खर्चमा २५ अर्ब बराबरको बेरुजु


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, पुष १४ २०७८
  • 2.3K
    SHARES

काठमाडौं । सरकारले १२ खर्ब बराबरको बजेट खर्च गर्दा २५ अर्ब भन्दा बढी बेरुजु देखिएको छ । महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको आन्तरिक लेखा परीक्षणको वार्षिक प्रतिवेदनको सारांश अनुसार आर्थिक वर्ष २०७७/७८ मा सो रकम बराबरको बेरुजु देखिएको हो । खर्चको प्रमाण नपुगेको हिसाबलाई लेखा परीक्षणका माध्यमबाट बेरुजुमा राख्ने गरिन्छ ।

अघिल्लो महिना अर्थमन्त्री जनार्दन शर्मालाई बुझाएको प्रतिवेदनको सारांश महालेखा नियन्त्रक कार्यालयले बुधबार सार्वजनिक गरेको हो । तथ्यांक अनुसार गत आर्थिक वर्षको कुल निकासा/खर्चको २.११ प्रतिशत रकम बेरुजु हुन आएको छ । उक्त आवमा सरकारले १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट ल्याएको थियो । यसबाट ११ खर्ब ९६ अर्ब ६० करोड रुपैयाँ बेरुजु देखिएको हो ।

यो आर्थिक वर्षमा राजस्वतर्फका बेरुजु भने २३ करोड ३१ लाख रुपैयाँ देखिएको छ । यस आवमा कुल ९ खर्ब ७६ अर्ब ३२ करोड रुपैयाँ बराबरको राजस्व संकलन भएको थियो । आन्तरिक लेखा परीक्षणबाट ०.०२ प्रतिशत राजस्व बेरुजु देखिएको छ ।

महालेखा नियन्त्रक कार्यालयले देशभरका ४७११ कार्यालयका १५ हजार ५ सय ५७ वटा बजेट उपशीर्षकको आन्तरिक लेखा परीक्षण गरी प्रतिवेदन बनाएको हो ।

यस्तो छ वित्तिय विवरणः

  • विनियोजन : १४ खर्ब ७४ अर्ब ६४ करोड
  • खर्च/निकासा : ११ खर्ब ९६ अर्ब ६० करोड
  • बेरुजु : २५ अर्ब २६ करोड ५० लाख (निकासा/खर्चको २.११ प्रतिशत)

कुन प्रकारको बेरुजु कति ?

  • नियमित गर्नुपर्ने : ६ अर्ब ९५ करोड
  • असुल उपर गर्नुपर्ने : ५९ करोड १९ लाख
  • म्याद नाघेको पेस्की रकम : १७ अर्ब ७१ करोड

बेरुजु रकम अघिल्लो वर्षभन्दा दोब्बर वृद्धि

तथ्यांक अनुसार बेरुजु रकम आर्थिक वर्ष २०७६/७७ को तुलनामा आव २०७७/७८ मा दोब्बर भन्दा बढीले बढेको छ ।

आव २०७६/७७ मा आन्तरिक लेखा परीक्षणबाट मात्र ११ अर्ब ३९ करोड ९७ लाख रुपैयाँ बेरुजु देखिएको थियो । यो वर्ष उक्त आवमा भन्दा १३ अर्ब ८६ करोड ५३ लाख रुपैयाँ अर्थात् १२१.६२ प्रतिशत बढी बेरुजु देखिएको हो ।

महालेखा नियन्त्रक कार्यालयको प्रतिवेदन अनुसार बढी भुक्तानी तथा आधार नभएको खर्च शीर्षकमा बिल/भरपाई बेगर खर्च गर्नु, प्रचलित मान्यता विपरीत भुक्तानी भएको रकम, खरिद व्यवस्थापन तर्फ नियमित हुन नसकेको रकम, असुल उपर गर्नुपर्ने भनि तोकिएको रकम, म्याद नाघेको पेस्की रकमलगायतलाई बेरुजुमा राखेर हिसाब गरिएको हो ।

बढी बेरुजु राख्ने प्रमुख ५ निकाय

  • भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय : ९ अर्ब ५७ करोड
  • स्थानीय तह : ८ अर्ब २६ करोड ६१ लाख
  • रक्षा मन्त्रालय : १ अर्ब ८७ करोड १५ लाख
  • शहरी विकास मन्त्रालय : १ अर्ब ३२ करोड ९३ लाख
  • अदालत : ८८ करोड ५२ लाख

समान प्रकृतिका काममा फरक/फरक मापदण्डले अनियमितता बढायो

महालेखा नियन्त्रक कार्यालयले बेरुजु न्यूनिकरणका लागि यसलाई जिम्मेवार पदाधिकारीको कार्यसम्पादन मूल्यांकनसँग जोड्न सुझाव दिएको छ ।

आर्थिक कार्यविधि तथा वित्तीयउत्तरदायित्व नियमावली अनुसार मन्त्रालय र केन्द्रीय निकायले आन्तरिक नियन्त्रण प्रणाली तयार गरी लागू गर्नुपर्छ । तर, धेरै मन्त्रालय र निकायमा यस्तो व्यवस्था गरिएको छैन । अर्कोतर्फ समान प्रकृतिका कामका लागि एउटै केन्द्रीय निकायमा समेत फरकफरक मापदण्ड हुँदा अनियमितता बढिरहेको समेत प्रतिवेदनको निष्कर्ष रहेको छ ।

आन्तरिक लेखा परीक्षणबाट औंल्याइएको बेरुजुमा सुधार गर्न जिम्मेवार पदाधिकारी संवेदनशील नदेखिएको भन्दै महालेखाले अघिल्लो वर्ष देखिएका कैफियत तथा बेरुजु अर्को वर्ष पनि दोहोरिएमा दण्डित गर्ने व्यवस्था मिलाउन समेत भनेको छ । खरिद कानुनमा समयानुसार सुधारको सुझाव समेत महालेखाले दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४