Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रधानन्यायाधीश राणाविरुद्ध नागरिक अभियन्ताद्धारा सम्पत्ति शुद्धीकरणमा उजुरी


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, पुष ११ २०७८
  • 8K
    SHARES

काठमाडौं, पुष ११ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको सम्पत्ति छानबिन मागसहित नागरिक अभियन्ताहरुले सम्पत्ति शुद्धीकरण विभागमा उजुरी दिएका छन् ।

डा. गोविन्द केसीसहितका नागरिक अभियन्ताहरुको एक टोली जबराको सम्पत्ति खोजबिन र अनुसन्धान मागसहित उजुरी लिएर विभागमा पुगेको हो ।

नागरिक अभियन्ताहरुले विभागका महानिर्देशक प्रेमप्रसाद भट्टराईसमक्ष छानबीनको माग गर्दै ध्यानाकर्षणपत्र बुझाएका हुन् ।

टोलीमा डा. गोविन्द केसी, नारायण वाग्ले, खगेन्द्र संग्रौला, मोहना अन्सारी र अधिवक्ता ओमप्रकाश अर्याल लगायत रहनुभएको छ । जबराविरुद्ध अनुसन्धान अघि बढाउने पहलका लागि नेपाल बार एसोसिएसनले ढिलाइ गरेपछि आफूहरु आउनु परेको अधिवक्ता अर्यालले बताउनुभयो ।

विभागले आफुहरुको मागमाथि सुनुवाइ गर्दै जबराको सम्पत्ति खोज्ने विश्वास लिएको उहाँले उल्लेख गर्नुभयो । जबराले परिवारका अन्य सदस्यका नाममा विभिन्न ठाउँमा लगानी गरेको र अवैध सम्पत्ति लुकाएको आरोप उजुरीमा छ । विभागका महानिर्देशक भट्टराईले अभियन्ताहरुको उजुरी दर्ता गरेर अनुसन्धान अघि बढाउने बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४