Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन : को होला प्रचण्डपछिको पार्टी हाँक्ने नेता ?


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, पुष १० २०७८
  • 1.8K
    SHARES

नेकपा माओवादी केन्द्रको प्रथम राष्ट्रिय सम्मेलन आइतबारबाट सुरु हुँदैछ । विचारको नयाँ संश्लेषण गर्दै समाजवादको नयाँ आधार बनाउने उद्देश्यका साथ सुरु हुन लागेको सम्मेलनले नयाँ क्रान्तिकारी विचारसहितको पार्टी र नयाँ नेतृत्व चयन गर्नेछ । राष्ट्रिय सम्मेलनलाई भव्य बनाउन सो पार्टीले आवश्यक तयारी गरिरहेको जनाएको छ । यसैबीच सम्मेलनको तयारीबारे छलफल गर्न र सम्मेलनमा पेश हुने अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक दस्तावेजलाई अन्तिम रुप दिन सो पार्टीको स्थायी समिति बैठक आज शनिबार पनि बस्दैछ । शुक्रबारबाट सुरु भएको बैठक शनिबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रस्तावमाथि छलफल गरेर सकिँदैछ ।

पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बैठक बस्ने बैठकमा सम्मेलनको तयारी र पार्टी अध्यक्षको प्रतिवेदनमाथि छलफल हुने प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिएका छन् । शुक्रबारको बैठकमा अध्यक्ष ‘प्रचण्ड’ले प्रथम राष्ट्रिय सम्मेलनका लागि तयार गरेको राजनीतिक प्रतिवेदन संक्षेपमा पेश गरेका थिए ।

त्यस्तै राष्ट्रिय सम्मेलनका लागि प्रतिनिधि टुङ्ग्याएको माओवादीले नियमित प्रक्रियाबाट आउने १ हजार ४ सय ८३ जना प्रतिनिधि रहेको जनाएको छ । प्रवक्ता कृष्णबहादुर महराका अनुसार शुक्रबारको बैठकले १४८३ को दश प्रतिशत प्रतिनिधि मनोनयन गर्ने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको छ । यसअघि ५ प्रतिशत प्रतिनिधि मनोनित गर्ने बताएको माओवादीले पार्टी एकताको प्रक्रियामा आउने संख्या जोडेर दश प्रतिशत बनाएको हो । त्यस्तै माओवादीले पार्टी केन्द्रीय पदाधिकारीको संख्या १५ सदस्यीय बनाउने प्रस्ताव प्रचण्डले स्थायी कमिटीमा पेश गरेका छन् ।

माओवादीको अन्तरिम विधानअनुसार अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष पदाधिकारी रहने व्यवस्था रहेपनि त्यसलाई संशोधन गर्दै केही पदमा संख्या थपेर पदाधिकारी संख्या १५ बनाउने प्रस्ताव अघि बढेको छ । आजको बैठकले यसबारे ठोस निर्णय गर्नेछ ।

को होला प्रचण्डपछि पार्टी हाँक्ने नेता ?

माओवादीको राष्ट्रिय सम्मेलन मिति नजिकिएसँगै सो पार्टीमा नयाँ नेतृत्वबारे चर्चा परिचर्चा सुरु भएको छ । नयाँ क्रान्तिकारी विचारसहित नेतृत्व चयन गर्ने भएकाले पार्टीभित्र र बाहिर पनि माओवादीले कस्तो नेतृत्व चयन गर्ला ? भन्ने चासोसँगै चर्चा भइरहेको छ । सम्मेलनमार्फत माओवादी केन्द्रको अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै दोहोरिने निश्चित जस्तै छ । किनभने प्रचण्डलाई चुनौति दिने नेताहरु सो पार्टीमा अहिलेसम्म देखिएका छैनन् । तर अध्यक्ष बाहेकका उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिवलगायतका पदाधिकारीमा आकांक्षीको संख्या धेरै छ । यी पदमा सर्वसम्मत नेतृत्व चयन गर्ने या चुनाव गर्ने कुरा पनि सम्मेलन सुरु भएपछि मात्रै तय हुने नेताहरुको भनाइ छ ।

खासगरी अध्यक्षपछिको शक्तिशाली पद महासचिवका लागि धेरै संख्यामा आकांक्षी देखिएका छन् । महासचिवका लागि नेताहरु कृष्णबहादुर महरा, पम्फा भुसाल, जनार्दन शर्मा, वर्षमान पुन, देवेन्द्र पौडेल लगायतका नेताहरुले आकांक्षा देखाएका छन् । अहिले महासचिव बने अर्को पटक अध्यक्षको स्वतः दाबेदार हुने भएकाले पनि यो पदमा धेरै नेताले चाहाना देखाएको बताइएको छ । पार्टीको विधान संशोधन गरेर बहुपदमा जाने तयारीमा रहेको सो पार्टीमा अहिले अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिवसहित २९९ सदस्यीय केन्द्रीय समिति सदस्यको व्यवस्था छ । कम्युनिस्ट पार्टीमा अध्यक्षपछिको शक्तिशाली पद महासचिव पद हो । तर यो पदमा एकजना मात्र हुने तर आकांक्षी धेरै भएपछि पनि नेताहरुको व्यवस्थापन कठिन बन्दै गएको माओवादी नेता कार्यकर्ताको भनाइ छ ।

त्यसो त माओवादीले नेताहरुको व्यवस्थापनका लागि अध्यक्षपछि दोस्रो वरियता रहनेगरी वरिष्ठ उपाध्यक्ष पद समेत सिर्जना गर्ने प्रस्ताव अघि बढिसकेको छ । यसअघि नेकपा एमालेले पनि नेताको व्यवस्थापन गर्न वरिष्ठ उपाध्यक्ष पद सिर्जना गरेको थियो । मंसिरमा सम्पन्न एमाले महाधिवेशनमार्फत एमालेको वरिष्ठ उपाध्यक्ष पदमा नेता ईश्वर पोखरेलको व्यवस्थापन गरेकाले माओवादीले पनि सोही शैली अपनाउँदै वरिष्ठ उपाध्यक्ष पद सिर्जना गर्ने प्रस्ताव अघि बढाएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४