Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बेलायतमा एकै दिन एक लाख २० हजार कोरोना संक्रमित थपिए


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, पुष ९ २०७८
  • 9.7K
    SHARES

एजेन्सी । बेलायतमा एकैदिन झण्डै एक लाख बीस हजार कोरोना संक्रमित थपिएका छन् । पछिल्लो समय लगातार बेलायतमा कोरोना संक्रमितको नयाँ रेर्कड कायम रहने क्रम जारी रहेको छ ।

‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार गएको २४ घन्टामा थप एक लाख १९ हजार ७८९ जना संक्रमित थपिएका छन् । यसअघि अहिलेसम्मकै सबैभन्दा बढी एक लाख छ हजार भन्दा बढी संक्रमित देखिएका थिए ।

कोरोनाको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ को संक्रमण बढेपछि बेलायतमा हाल संक्रमण दर निकै तीव्र रुपमा फैलिएको छ । योसंगै बेलायतमा कुल संक्रमितको संख्या एक करोड १७ लाख ६९ हजार ९२१ पुगेको छ । बेलायतमा पछिल्लो २४ घण्टामा कोरोनाका कारण १४७ जनाको ज्यान गएको छ ।

योसँगै कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या एक लाख ४७ हजार ७२० पुगेको छ । बेलायत सरकारले कोरोना संक्रमणका कारण स्वास्थ्य तथा रेल सेवामा परेको असुविधालाई मध्यनजर गर्दै लागू रहेको १० दिनको क्वारेन्टाइन अवधिलाई घटाएर ७ दिनमा झारेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४