काठमाडौं : नेपाल विद्यार्थी संघ प्रदेश नम्बर ३ को कार्यसमिति उपाध्यक्ष रामप्रसाद अधिकारीले संगठन विस्तार गरेका छन् । प्रदेश नम्बर ३ का संयोजक समेत रहेका उपाध्यक्ष अधिकारीले बिहिबार संगठनको विधानमा भएको व्यवस्था बमोजिम ६ सदस्य र प्रवक्ता नियुक्त गरेका हुन् ।

प्रदेश समितिमा कुमार दुलाल (सिन्धुपाल्चोक), देवराज नेपाल (सिन्धुली ), कविता वर्तौला (मकवानपुर), राजेश तिमल्सिना (काभ्रे), कृष्णविलास अधिकारी (चितवन) र प्रचण्ड दिप कार्की दोलखा नियुक्त भएका छन् । त्यस्तै, प्रदेश समितिको प्रवक्तामा रत्नहरी ढुँगेललाई नियुक्त गरेको उपाध्यक्ष अधिकारीले बताए । ढुँगेल प्रदेश ३ बाटै निर्वाचित संघका केन्द्रीय सदस्य हुन् । प्रदेश समितिमा मनोनित गर्न अझै ३ सदस्य बाँकी छ । छिट्टै ३ सदस्य मनोनित गरि प्रदेश समितिलाई पुर्णता दिइने नवनियुक्त प्रवक्ता ढुँगेलले  जन न्युज नेपाल खबर डट कम लाई जानकारी दिनु भएको छ।