Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

काँग्रेस प्रदेश २ अधिवेशन : दुई प्यानलमा को-कोबीच हुँदैछ भिडन्त ?


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, पुष ७ २०७८
  • 3K
    SHARES

नेपाली काँग्रेस प्रदेश २ अधिवेशनमा कृष्ण यादव र रामसरोज यादव प्यानलै बनाएर चुनावी मैदानमा उत्रेका छन् ।​ कृष्णले काँग्रेस सभापति शेरबहादुर देउवा पक्षबाट प्रदेश सभापतिमा मनोनयन दर्ता गराएका छन् भने रामसरोजलाई नेता विमलेन्द्र निधि र शेखर कोइराला समूहको साथ छ । कृष्ण प्यानलबाट उपसभापतिमा चन्द्रशेखर यादव र विरेन्द्र सिंह उम्मेदवार भएका छन् ।

यस्तै महामन्त्रीमा उपेन्द्र यादव र वृहस्पतिकृष्ण श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् । देउवा पक्षले सहमहामन्त्रीमा जयनारायण यादव, परशुराम चौधरी र रिता यादवलाई उम्मेदवार बनेको छ ।

निधि–कोइराला समूहका रामसरोजको प्यानलबाट उपसभापतिमा धनलाल ठोकर र विनोद खनालले उम्मेदवारी दर्ता गराएका छन् । महामन्त्रीमा नरेश यादव र हरेस यादवले उम्मेदवारी दर्ता गराएका छन् भने सहमहामन्त्रीमा अरविन्द अमात्य, विनोद यादवले उम्मेदवारी दिएका छन्। यस्तै, सहमहामन्त्रीमा निर्मला सुवेदीले उम्मेदवारी दिएकी छन्।

देउवा र निधि–कोइराला समूहबीच प्रदेश समितिको ७२ पदमा प्यानलगत प्रतिस्पर्धा हुने भएको छ । प्रदेश २ मा आफ्नो बलियो उपस्थिति रहेको भन्दै देउवा समूह निधि पक्षलाई नेतृत्व दिन तयार नभएपछि चुनाव हुन लागेको हो । महाधिवेशनको दोस्रो चरणमा देउवालाई समर्थन गरेका निधिले प्रदेश दुईमा साथ पाउन अपेक्षा राखेका थिए ।

सोही अनुसार निधिले सभापति देउवासँग संवाद पनि गरेका थिए । तर देउवा पक्षले नेतृत्व नछाड्ने अडान दिएपछि निधि र कोइराला एक ठाउँमा उभिएका छन् । केन्द्रीय महाधिवेशन पछि हुन लागेको प्रदेश अधिवेशनलाई दुबै पक्षले महत्वका साथ लिएको छ । 

देउवा पक्षका नेता तथा गृहमन्त्री बालकृष्ण खाण दलबलसहित जनकपुरमा छन् । नवनिर्वाचित सहमहामन्त्रीद्वय महेन्द्र यादव, फरमुल्लाह मन्सुर, केन्द्रीय सदस्यहरु चित्रलेखा यादव, सुरेन्द्रराज पाण्डे, रामहरि खतिवडा, उदय शमशेर राणा, आनन्द ढुंगाना रमेश रिजाल आफ्नो पक्षमा परिणाम निकाल्न कस्सिएर लागेका छन् । यता निधि– कोइराला पक्षका प्रभावशाली नेता जनकपुरमा छन् ।

निधि आफै  मैदानमा खटिएका छन् । निधिलाई साथ दिन उपसभापति धनराज गुरुङ र महामन्त्री गगनकुमार थापा र उपसभापतिका प्रत्यासी चन्द्रभण्डारी पनि जनकपुरमा छन् । कोइराला पक्षबाट प्रदेश एकका सभापतिका प्रत्यासी गुरुराज घिमिरे, कर्णाली प्रदेश सभापतिका पत्यासी भूपेन्द्रजंग शाही, सहमहामन्त्रीका प्रत्यासीद्वय रामकृष्ण यादव र तेजुलाल चौधरी चुनावी रणनीति बनाउन व्यस्त छन् । बुधबार विहानै बाट मतदान हुँदैछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४