Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

त्रिविले ममाथि अन्याय गर्‍यो


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, पुष ४ २०७८
  • 5.7K
    SHARES

काठमाडौं । त्रिविले सोमबार स्नातक तथा स्नात्तकोत्तर तहका विद्यार्थीहरुलाई विभूषित तथा दीक्षित गर्दैछ । त्रिवि परीक्षा नियन्त्रण कार्यलयले ४७औं दीक्षान्त समारोहमा विभूषित हुने उत्कृष्ट १९ विद्यार्थीहरुको नामावली मंसिर २८ गते गोरखापत्रमा सार्वजनिक गरेको थियो ।

उक्त सूचीमा समाजशास्त्रतर्फको सर्वोत्कृष्ट दाबी गर्ने विद्यार्थी आमिर राजाको नाम छैन । आफू उत्कृष्ट भए पनि नियोजित रुपमा त्रिविले झेल गरेका कारण आफ्नो नाम पदक पाउने नामावलीमा नराखेको आमिर राजा बताउँछन् ।

त्रिविले २०७६ साल फागुन १५ मा स्नातकोत्तरको नतिजा प्रकाशित गरेको थियो । त्रिविको नियम अनुसार तीन महिनाभित्र थेसिस बुझाइसक्नुपर्ने हुन्छ । तर आमिरले लकडाउनको कारण थेसिस बुझाउन सकेनन् ।

त्रिविको नियम बुझेका आमिरले विभागमा निरन्तर सम्पर्कमा रहे । तत्कालीन विभाग प्रमुख टिकाराम गौतमले असामान्य अवस्था भएकोले यो तीन महिना लागू नहुने भनेर आश्वासन दिएको आमिरको जिकिर छ । आमिर भन्छन्, ‘म निरन्तर विभागसँग सम्पर्कमा छु । योभन्दा अघिको डिपार्टमेन्ट हेडले यो कोभिड महामारीमा मात्रै यो कुरा लागू हुने भएकोले तपाईंले नै पाउनुहुन्छ ढुक्क बस्नु भन्नु भएको थियो ।’

विभाग प्रमुखको आश्वासनले ढुक्क भएका आमिरले थेसिस २०७७ पुस २७ गते बुझाए र माघ २ गते ‘भाइवा’ भयो । त्यसपछि फेरि उनी २०७८ असोजमा विभाग प्रमुख डा. युवराज लुईंटेललाई भेटेर आफ्नो समस्या सुनाए । आफ्नो समस्या सुनेपछि विभाग प्रमुखले डीन कार्यलयलाई सम्बोधन गर्दै ‘लकडाउनको कारण स्थलगत अध्ययन गर्ने काम ढिला हुने भएकोले विशिष्ट परिस्थितिलाई मध्यनजर गर्दै आमिर राजालाई दीक्षान्त समारोहमा सहभाी हुन पाउने र उक्त महेन्द्र विद्याभूषण हुन मनासिव देखिएको’ सिफारिस गरेको आमिरको दावी छ ।

तर २८ गते सार्वजनिक नामावलीमा उनीभन्दा कम अंक ल्याएको व्यक्तिको नामावली प्रकाशित भएको र आफूलाई सुनियोजित रुपमा पछाडि पार्न खोजेको उनको आरोप छ । आमिरको ट्रान्सक्रिप्टमा ३.९४ जीपीए आएको देखिन्छ ।

आमिर भन्छन्, ‘असारमा विभागले सिफारिस गर्दा पनि जानी जानी मेरो कुरा अगाडि बढाइएन । यो म माथि सरासर अन्याय भयो ।’ त्यसबेला तत्कालीन विभाग प्रमुख टिकाराम गौतमले सामान्य समयमा लागू हुने नियम भएको र विश्वमा नै कोरोना महामारीको आतंक भएको बेला ‘तपाईंले डेटलाइनको चिन्ता लिनुपर्दैन’ भन्ने आश्वासन भएको उनको भनाइ छ ।

डिपार्टमेन्टले परिस्थिति सहित असोजमा नै सिफारिस पत्र पठाउँदा पनि सुनुवाइ नहुँदा आमिरलाई नियतबस त्रिविले पछि पार्न खोजेको उनको भनाइ छ ।

विभाग प्रमुख प्रा.डा. युवराज लुईंटेल आमिरको माग जायज भएकोले डीन कार्यलयमा सिफारिस गरेको बताउँछन् । उनी भन्छन्, ‘आमिरले तीन महिनाभित्र बुझाउने परिस्थिति थिएन । त्यही भएर विभागले सिफारिस गरेको हो । तर पनिकाले नियममा रहेर निर्णय गरेपछि हामीले गलत भन्न मिल्दैन ।’ नियममा रहेर निर्णय गर्दा एलिशा पौड्यालले पाउने प्रमुख लुईंटेल बताउँछन् । गोरखापत्रको सूचनामा एलिशाको ३.९३ जीपीए आएको देख्न सकिन्छ ।

सर्वोत्कृष्ट विद्यार्थीको नामावलीमा आफ्नो नाम नसमेटिएको देखेपछि आमिर विभाग पुगेका थिए । ‘विभाग प्रमुखले मेरो अगाडि नै फोनमार्फत यथार्थ बुझ्ने प्रयास गर्नुभएको थियो । तर पनिकाले नियममा रहेर निर्णय गरेको जवाफ फर्काएको जानकारी उहाँले मलाई गराउनुभयो,’ आमिरले भने ।

गोरखापत्रमा सार्वजनिक भएको सूचीमा समावेश नामावली बाहेक विद्यार्थीको नाम छुटेमा आगामी पुस १ गतेभित्र स–प्रमाण आवेदन दिन सूचित गरिएको छ ।

सोही सूचनालाई आधार मानेर आमिरले पदक दाबी गर्दै निवेदन दिएका छन् । तर आमिरले नियमभित्र नपर्ने जवाफ पाएको गुनासो गरे । उनले भने, ‘मेरो कमजोरीले नसकेर ढिला भएको होइन । परिस्थितिको कारण ढिला हुँदा पनि मेरो दुःखको सुनुवाइ भएन । त्रिविले ममाथि अन्याय गर्‍यो ।’

आमिरको विषयमा यथार्थ बुझ्नका लागि परीक्षा नियन्त्रक पुष्पराज जोशीलाई सम्पर्क गर्नखोज पनि उनीसँग सम्पर्क हुन सकेन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४