Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

घोराही-तुलसीपुर चार लेन सडक बनाउन तीन कम्पनीलाई पेटी ठेक्का


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, पुष ४ २०७८
  • 10.7K
    SHARES

दाङ । दाङको घोराही-तुलसीपुर चार लेन सडक निर्माण गर्न तीन निर्माण कम्पनीलाई पेटी ठेक्का दिइएको छ ।

घोराही उपमहानगरपालिकाको बबई नदीदेखि तुलसीपुर उपमहानगरपालिकाको हात्तीखौवासम्मको सडक विस्तारसँगै कालोपत्रे गर्ने जिम्मा पाएको भारतीय निर्माण कम्पनी तथ्य इन्जिनियरिङ एण्ड इन्फ्रा प्रालिले पुनः पेटी ठेकेदारका रुपमा तीन वटा निर्माण कम्पनीलाई सडक निर्माणको जिम्मा दिएको हो ।

यसअघि सडक निर्माणको जिम्मा पाएको स्थानीय अनुप पाण्डेको अष्टभैरव निर्माण सेवा कम्पनीले समयमै काम गर्न नसकेपछि सम्झौता तोडेर आफैं सडक निर्माण गर्ने बताएको भारतीय निर्माण कम्पनी तथ्यले पुनः अरु तीन निर्माण कम्पनीहरुलाई सडक निर्माणको जिम्मा दिएको कम्पनीका प्रतिनिधि विजय पाठकले बताए ।

तथ्य इन्जिनियरिङ एण्ड इन्फ्रा प्रा.लिले यसअघिको पेटी ठेक्का रद्ध गरेर कम्पनीले आफैं निर्माण गर्ने भन्दै गत मंसिर १० गते घोराहीमा चार लेन सडक निर्माणको शुभारम्भ समेत गरेको थियो । कम्पनीका प्रमुख प्रविन ब्रहृमदेव पाण्डेयले सडक निर्माणको काम स्वंय कम्पनीले गर्ने बताएका थिए । उनले स्थानीय प्रतिनिधिले सडक निर्माण नगरेर आफ्नो कम्पनीको बद्नाम गरेको भन्दै अब सडक निर्माणको कामले गति लिने प्रतिवद्धता जनाएका थिए।

तर तथ्य इन्जिनियरिङ एण्ड इन्फ्रा प्रा.लिले पुनः पेटी ठेक्का रुपमा बेडा बाबा कन्स्ट्रक्सन, विमला निर्माण सेवा र शिवपुरी निर्माण सेवालाई सडक निर्माणको जिम्मा दिएको तथ्य इन्जिनियरिङ एण्ड इन्फ्रा प्रा.लिका प्रतिनिधि पाठकले अनलाइनखबरलाई बताए।

प्रतिनिधि पाठकका अनुसार अब बबई नदीदेखि चौघेरासम्म पहिलो खण्डको ५ किलोमिटर बेडा बाबा कन्स्ट्रक्सन, घोराहीको डिके पेट्रोलपम्पदेखि खैरासम्मको १२ किलोमिटर बिमला निर्माण सेवा र बाँकी खैरादेखि तुलसीपुरको हात्तीखौवासम्मको १२ किलोमिटर सडकको जिम्मा शिवपुरी निर्माण सेवाले गर्नेछ । तीन वटा निर्माण कम्पनीले उक्त सडक खण्डमा १४.४६ किलोमिटर सडक चार लेन र १३.७३ किलोमिटर सडक दुई लेन सडकका रुपमा निर्माण गर्नेछन् ।

निर्माण कम्पनीका अनुसार बबई नदीदेखि-कुटवा खोलासम्म ६.५३ किलोमिटर, सर्रादेखि नारायणपुर बजारसम्म ३ किलोमिटर र खैरादेखि दूधरासम्मको ३.७ किलोमिटर सडक दुई लेन र घोराहीको डिके पेट्रोल पम्पदेखि सर्राचोकसम्मको ४ किलोमिटर, नारायणपुर बजारदेखि खैरासम्म २ किलोमिटर र दुधरासदेखि तुलसीपुरको हात्तीखौवासम्म ८.३१ किलोमिटर सडक चार लेन बनाउने गरी सम्झौता भएको छ ।

निर्माणमा ढिलाइ

२०७५ पुस १६ गते निर्माण सुरु भएर २०७८ असार मसान्तसम्म सडक निर्माण कार्य सम्पन्न हुने गरी सम्झौता भएको थियो । १ करोड २१ लाख ८२ हजार अमेरिकन डलरमा सम्झौता भएको उक्त निर्माण कार्य ३३ महिना बित्दा ७ प्रतिशितमात्र काम भएको छ ।

तथ्य इन्जिनियरिङ एण्ड इन्फ्रा प्रा.लिका प्रतिनिधि विजय पाठकले पहिले निर्माणको जिम्मा पाएको ठेकदारको लापरबाहीका कारण कागजी र कानूनी प्रक्रिया मिलाउँदा काम गर्न ढिलाइ भएको बताए । ‘यो काम मिलाउने अन्तिम चरणमा छौं,’ प्रतिनिधि पाठकले भने, ‘त्यसपछि सडकको निर्माणको कामले गति लिनेछ ।’ उनले एक हप्ताभित्र निर्माण सुरु हुने बताए।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४