Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

काँग्रेसमा सभापतिसहित ८ पदाधिकारी निर्वाचित, देउवा पक्षको बहुमत


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, पुष २ २०७८
  • 2.5K
    SHARES

काठमाडौं ।  नेपाली काँग्रेसका १३ जना पदाधिकारी (निर्वाचित) मध्ये ८ जनाको नतिजा सार्वजनिक भएको छ । काँग्रेसको १४ औं महाधिवेशनमा शेरबहादुर देउवा र शेखर कोइराला पूर्ण टिमका साथ प्रतिस्पर्धामा उत्रिएका थिए । यस्तै प्रकाशमान सिंह र विमलेन्द्र निधि समूहबाट पनि सभापति, उपसभापति र महामन्त्रीमा उम्मेदवार खडा भएका थिए । सभापतिका प्रत्यासी कल्याण गुरुङ भने एकलै चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए ।

शुक्रबार विहानसम्म एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र ३ सहमहामन्त्रीको मतपरिणाम सार्वजनिक भएको छ । जसमा देउवा समूहले सभापति, १ उपसभापति र २ सहमहामन्त्री ४ पदाधिकारी जितेको छ । यस्तै कोइराला समूहले एक उपसभापति, एक महामन्त्री र एक सहमहामन्त्रीसहित ३ जना पदाधिकारी जितेको छ । सभापतिमा पहिलो चरणका प्रत्यासी सिंह प्यानलबाट एक जना महामन्त्री विजयी भएका छन् ।

दोस्रो चरणको मतदानपछि बुधबार विहान सभापतिमा शेरबहादुर देउवा पुन निर्वाचित भएका छन् भने सोही दिन राति उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी भएका छन् । खड्का देउवा प्यानल र गुरुङ कोइराला समूहबाट उपसभापतिमा निर्वाचित भएका छन् ।

यस्तै बिहीबार अपरान्ह आएको मत परिणाम अनुसार महामन्त्रीमा गगन कुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् । थापा कोइराला प्यानलबाट र शर्मा प्रकाशमान सिंह समूहबाट महामन्त्रीमा  निर्वाचित भएका छन् । सभापतिका लागि देउवालाई दोस्रो चरणमा साथ सिंह र शर्माले दिएका थिए । यसअघि शर्मा देउवा नेतृत्वको केन्द्रीय समितिमा प्रवक्ताको भूमिकामा थिए । शर्माको उपसभापति खड्का र शर्माबीच ‘केमिस्ट्री’ मिल्ने भएकाले पनि शर्मा देउवा पक्षमै उभिने अनुमान छ ।

बिहीबार राति सकिएको मतगणनाबाट सहमहामन्त्री महिलातर्फ महालक्ष्मी उपाध्याय ‘डिना’, आदिवासी–जनजातितर्फ भिष्मराज आङ्दाम्बे, दलितर्फत जीवन परियार निर्वाचित भएका छन्  । उपाध्याय र आङदाम्बे देउवा समूह र परियार कोइराला समूहबाट सहमहामन्त्री निर्वाचित भएका हुन् । अहिले बाँकी पाँच जना सहमहामन्त्रीको मत गणना जारी छ । एक जना कोषाध्यक्ष सभापतिले मनोनयन गर्ने व्यवस्था छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४