Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रास्ट्रीय संगीतकर्मी संघ प्रदेश नम्बर ३ को कार्यसमितिको बैठक केन्द्रिय कार्यलय कोटेश्वर काठमाडौंमा बिबिध बिषयमा छलफल गर्दै भब्य र सभ्य रूपमा आज सम्पन्न भयो।


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, साउन ३० २०७५
  • 6.8K
    SHARES

रास्ट्रीय संगीतकर्मी संघ प्रदेश नम्बर ३ को कार्यसमितिको बैठक केन्द्रिय कार्यलय कोटेश्वर काठमाडौंमा बिबिध बिषयमा छलफल गर्दै भब्य र सभ्य रूपमा आज सम्पन्न भयो।

जन न्युज नेपाल खबर डट कम बिशेष प्रतिनिधि काठमाडौं श्रावण ३० गते बुधबार :-

आज मिति २०७५ साल श्रावण ३० गते बुधबार रास्ट्रीय संगीतकर्मी संघ प्रदेश नम्बर ३ को कार्यसमितिको बैठक केन्द्रिय कार्यलय कोटेश्वरमा विविध बिषयमा छलफल गर्दै सम्पन्न भयो। उक्त बैठकको प्रदेश ३ को अध्यक्ष ओम प्रसाद पाठकको अध्यक्षतामा र केन्द्रका अध्यक्ष राजेन्द्रकुमार कार्कीको आथित्यमा प्रदेश ३ का पदाधिकारीहरु र अधिकाम्स सदस्यहरुको उपस्तिथिमा बिबिध बिषयमा छलफल गर्दै बैठक भब्य र सभ्य रूपमा सम्पन्न भयो। उक्त बैठकद्वारा निम्न कुरामा छलफल भएको छन।
प्रस्ताव र निर्णय :-१.नियमित सचिबालयको बैठक मिति निर्धारण सम्बन्धमा।सचिबालयको नियमित बैठक हरेक महिनाको अन्तिम शनिबार गर्ने हाललाई केन्द्रिय कार्यलयमा कोटेश्वरमा गर्ने निर्णय गरिएको छ। भने दुई पटक सचिबालयको बैठक बसेपछि तेस्रो महिनामा कार्यसमितिको बैठक बस्नेछ।
प्रस्ताव नम्बर २ उपर छलफल गर्दा । प्रदेश नम्बर ३ अन्तर्गतका जिल्ला कार्यसमितिका अध्यक्ष वा प्रतिनिधिहरुलाई पत्राचार गरि जिल्ला र प्रदेश बीच २०७५/०५/२२ गते शुक्रबार अन्तरक्रिया कार्यक्रम केन्द्रीय कार्यालय कोटेश्वरमा गर्ने निर्णय पारित गरियो।
प्रस्ताव नम्बर ३ उपर छलफल गर्दा आउदै गरेको तिज र दशै तथा तिहार बिशेष सास्कृतिक कार्यक्रम केन्द्र संग सहकार्य गरि केन्द्रद्दारा आयोजित कार्यक्रममै सहभागी भै कार्यक्रमलाई भब्य रूपमा सफल बनाउने निर्णय गरिएको छ।
प्रस्ताव नम्बर ४, उपर छलफल गर्दाखेरि प्रदेश नम्बर ३ को प्रशासनिक र नियमित काममा सहजीकरण दिनको निम्ति ११ सदस्यीय सचिबालय गठन गरिएको छ।जस्को नामावली निम्न प्रकार छ।
१,सयोजक-ओम प्रसाद पाठक ज्यु।
२,सदस्य -दिपक गहतराज ज्यु ।
३, सदस्य -राम कुमार पौडेल ज्यु।
४, सदस्य -नेत्र बहादुर कार्की ज्यु।
५, सदस्य – गोबिन्द गौतम ज्यु।
६, सदस्य -लीला श्रेष्ठ ज्यु।
७, सदस्य -स्मृति गौतम ज्यु।
८, सदस्य -बिष्णु तामाङ ज्यु।
९, सदस्य -दशरथ दुवाडी ज्यु।
१०,सदस्य -मिश्रा काफ्ले ज्यु।
११, सदस्य -अशिम कटुवाल ज्यु।
प्रस्ताव नम्बर ५ ,उपर छलफल गर्दा निष्क्रिय रूपमा रहेका पदाधिकारी र सदस्यहरुलाइ बिदाइ गर्दै केहि पदाधिकारी र सदस्यहरुलाइ जिम्मेवारीमा हेरफेर गरिएको छ।जस्मा निष्क्रिय महिला उपाध्यक्ष चन्दा अर्याललाई बिदाइ गर्दै उहाँको ठाउँमा सह- कोषाध्यक्ष स्मृति गौतमलाई उपाध्यक्षमा बढुवा गरिएको छ। भने सदस्यबाट नेत्र बहादुर कार्कीलाई सचिबमा बढुवा गरेर लगिएको छ। त्यसैगरी सदस्य बाट असिम कटुवाललाई बढुवागरि प्रबक्ता तोकिएको छ। भने महिला सदस्यबाट मिश्रा काफ्लेलाई बढुवा गरेर सह- कोषाध्यक्षमा लगिएको छ। भने अन्य रिक्तपदहरुमा र निष्क्रिय सदस्यहरुलाइ आगामी बैठकबाट पद मुक्त गर्ने र सक्रिय सदस्यहरुलाइ मनोनीत गरेर पद पुर्ती गर्ने निर्णयलाई आजको बैठकद्वारा पारित गरियो ।
प्रस्ताव नम्बर ६, उपर छलफल गर्दा यसै राष्ट्रिय संगीतकर्मी संघ प्रदेश नम्बर ३ को कार्यसमिति सदस्य अन्जु पन्डितको ममतमही माताको असामहिक निधनले यस सस्थाका सबै पदाधिकारी र सदस्यहरु मर्माहत भएका छौ। यस दु:खद घडीमा हाम्रो सदस्य अन्जु पन्डितलाइ पर्न गएको दु:खद घटना प्रति हार्दिक समबेदना पत्र सहित मिर्त माताको आत्माको चिरशान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौ। भन्ने निर्णय पारित गरिएको छ।

केन्द्रिय अध्यक्ष राजेन्द्रकुमार कार्कीले कलाकारहरुको बारेमा सोच्न बाध्य बनाएको कुरा जगजाएर छ, भन्दै आगामी दिनहरुमा सरकारलाई रोयल्टीको उचित वितरण, कलाकारहरुले सुरक्षा लगायतका ११ बुँदे माग बुझाँउने र ती मागहरु पूरा गर्नेबारेमा निरन्तर खबरदारी गर्ने छौं । राजेन्द्र कुमार कार्कीले कलाकारहरु राष्ट्रका गहना नभई राज्यको महत्वपूर्ण अगं भएको जिकिर गरेका छन् ।उनले भने,‘हामी कलाकारलाई गहनाको रुपमा लिईन्छ, आवश्यकतामा प्रयोग गरिन्छ, कलाकारलाई समस्या परेको बेलामा राज्यको तर्फबाट हेरिँदैन, यस्तो किसिमको उपमा हामीलाई चाहिँदैन, कलाकारहरुको टाउको हेरेर होईन, उसका रचना र क्षमताको आधारमा रोयल्टी पाउनुपर्छ, संगीतकर्मी संघको स्थापना कालदेखि हामीले कलाकारहरुको सुरक्षा र अधिकारलाई मुल मुद्दा बनाएर आएका छौं, आगामी दिनमा पनि यसका बारेमा गतिलो काम गरेर देखाउन छौं ।’
र हामी बाहिर जुनसुकै विचारमा रहेको भए पनि संगीतकर्मी संघमा काम गर्दा कलाकारहरुको हक हित र अधिकारको लागि सधैं एकजुट भएर काम गर्नुपर्ने धारण राख्नु भयो ।
अब कलाकारहरूलाई रास्ट्रको गहनाको रूपमा होइन देशको अभिन्न अंगको रूपमा लिनुपर्नेमा उहाँको जोड थियो।अध्यक्ष ,कार्की भन्नुभयो आफुहरुको मागहरु सम्बोधन नभए आन्दोलनको आधिबेहरी ल्याउने गरि कार्यक्रम घोषणा हुने बताउदै साथ दिनको लागी सम्पुर्ण कलाकारहरूलाई आग्रह गर्नु भएको छ । सो कार्यक्रममा
बोल्दै केन्द्रिय अध्यक्ष राजेन्द्रकुमार कार्कीले देश तथा बिदेशमा छरिएर बसेका सम्पुर्ण कलाकारहरु को हक हित र अधिकार को लागि सधैं नै लडिरहेको र अबको नेतृत्वले पनि कलाकारहरूको आफ्नो अधिकार सुनिश्चितताका लडिरहने बताउदै भन्नुभयो । अब यस्ता काममा प्रदेशका पदाधिकारीहरुले पनि ध्यान दिनुपर्ने र अब प्रदेशमा राष्ट्रिय स्तरको लोक दोहोरी कार्यक्रम प्रतियोगिताको तयारी गर्न गराउनको लागि प्रदेशकमिटीलाई आग्रह पनि गर्नु भयो । भने प्रदेशसमितिले गरेको सबै निर्णयसमेत सर्बमान्य हुने बताउदै सस्थाको हितमा काम गर्नलाई सबैलाई अनुरोध पनि गर्नु भएको छ।

राष्ट्रिय संगीतकर्मी संघको प्रदेश नम्बर ३ को कार्यसमितिमा आज ४ जना पदाधिकारीहरुमा बढुवा हुनु भएको छ। भने उहाँहरुलाई बधाई र सफल कार्यकालको शुभकामना छ। जन आवाज मिडिया हब प्रा. लि – जन न्युज नेपाल खबर डट कम परिवार :-
 हाम्रो बारेमा
जन आवाज मिडिया हबद्दारा सञ्चालित जन न्यूज नेपाल खबर डट कम (Jananewsnepalkhabar.com) मा सम्पुर्ण नेपाली मनमुटु हरुलाई स्वागत र अभिवादन गर्दछौं।जन न्यूज २०७४ बाट सुरुवात भएको न्यूज पोर्टल हो। श्रमजीवी पत्रकारहरुको पहलमा स्थापित यो साईटमा सामाजिक, आर्थिक, राजनीतिक, सौन्दर्य, अन्तर्वार्ता लगायतका विषयबस्तुलाई प्रमुख प्राथमिकता दिईएको छ।
जन न्यूज नेपाल खबर डट कम न्युज पोर्टल कुनैपनि जातजाति, धर्म, समूदाय, वर्ण, लिङ्गलाई ठेस नपुर्याई स्वतन्त्रतापूर्वक नौला र सिर्जनात्मक विषयबस्तुहरु पस्कने गर्दछ। यहाँ प्रस्तुत हुने हरेक प्रकारका विषयबस्तुहरु आधिकारिक हुने वचनवद्धता पनि हामी प्रकट गर्न चाहन्छौं। पत्रकारिताको मूल मर्मलाई हरपल पछ्याउँदै सामग्रीहरु प्रस्तुत गर्नेछौं। यो सबैको साझा पोर्टल भएकाले सामग्रीहरु पठाएर सहयोग गरिदिनुहोला। तपाईका सिर्जनालाई हामी उचित स्थान दिनेछौं।अन्त्यमा सम्पूर्ण पाठकवर्ग, विज्ञापनदाता, लेखक, शुभेच्छुक आदि सबैको अमूल्य सल्लाह सुझावको अपेक्षा गर्दछौं।====================
जन आवाज मिडिया हब प्रालि द्वारा संचालित तपाई हामी सबैको सुचना आदान प्रदान गर्ने जन न्युज नेपाल खबर डट कम हो। हामी मुलत: खोज तथा अनुसन्धानमुलक समाचारमा विशेष ध्यान दिनेछौ। हामी समाचार विशेष तथा भरपर्दो स्रोत बाट प्रमाण को आधारमा लेख्नेछौ।तपाई पाठकहरुले दिएको सुझाव नै हाम्रो प्रेरणाको स्रोत हो। हामी तपाईं आवाज बिहिनहरुको आवाज लाई बुलन्द गर्ने तपाईं हाम्रो एक मात्रै अनलाईन मिडिया जन न्युज नेपाल खबर डट कम हो।तपाईलाई हाम्रो समाचार मन परेमा धेरै -भन्दा धेरै सेयर लाइक,र कमेन्ट गरिदिन नभुल्नु साथै हामीलाई हाम्रो “Youtube Channel”Jananewsnepal khabar लाई पनि Subscribe गरिदिन नभुल्नु होला। धन्यवाद
प्रधानसम्पादक : नेत्र बहादुर कार्की 
ठेगानाः ललितपुर १३, कुसुन्ती, नेपाल ।
सम्पर्क नं.: ९७७–९८४१५१६७१२,९८४०४२११७४, ९८१८४०२१४०
इमेल : jananewsnepalkhabar@gmail.com
हाम्रो बारेमा
© Copyright 2018, All Rights Reserved Jana News Nepal Khabar | Designed by Ourwebcreation PVT LTD
जन आवाज मिडिया हब नेपाल द्धारा सञ्चालित:
मिडिया पार्टनर :  Nepal 
कम्पनी दर्ता नं : १८४८४७/०७४/०७५
मु . अ. क. नं : ६०६७६८१०२
अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ ०७४-०७५ 
स्थायी लेखा नं(PAN) : ६०६७६८१०२

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४