Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मतदानस्थलमा चासो : दोस्रो चरणमा जाला कि नजाला ?


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, मंसिर २७ २०७८
  • 3.3K
    SHARES

काठमाडौं । शुक्रबारयता भृकुटीमण्डप प्रदर्शनीमार्गको सडक कांग्रेसमय छ । १४ औं महाधिवेशन उद्घाटन हुनु अघिदेखि नै कांग्रेसका नेता कार्यकर्ताले यो क्षेत्रमा डेरा जमाएका छन् । प्रदर्शनीमार्ग सडकको विहान उज्यालो भएदेखि रात नपर्दासम्म भीड उस्तै रहन्छ ।

त्यो भीडमा शुक्रबार र शनिबार सभापति, महामन्त्रीलगायतका पदमा को उम्मेदवार होला भन्ने चासो थियो । संस्थापन समूहबाट देउवा सभापतिको उम्मेदवार पक्का भएपनि अरु पदको टुंगो लागेको थिएन भने इतर समूहमा कुनै पनि पदको उम्मेदवार टुंगो लागेको थिएन ।

शनिबार अपरान्ह उम्मेदवारी दर्ता भयो । आइतबार दिनभर मतदानस्थलको तयारी चलिरहँदा बाहिर उम्मेदवारहरुको पक्षमा नाराबाजी भइरह्यो । आइतबार मतदानको दिन भने समर्थक मात्र होइन, मतदाता र उम्मेदवारको चासो छ, दोस्रो चरणको मतदान हुन्छ कि हुँदैन ? अर्थात् सभापतिमा शेरबहादुर देउवाले पहिलो चरणमै जित्छन् कि जित्दैनन् ?

कांग्रेसको विधानअनुसार सभापतिमा विजयी हुन अरु उम्मेदवार भन्दा धेरै मत ल्याएर मात्र पुग्दैन, खसेको कुल मतको बहुमत ल्याउनुपर्छ । केन्द्रीय निर्वाचन समितिका अनुसार, यो पटक ४ हजार ७४३ महाधिवेशन प्रतिनिधि अर्थात् मतदाता छन् । यदि डेढ सय मत खसेन भने पनि सभापतिमा जित्न २३ सयभन्दा बढी मत ल्याउनुपर्छ ।

सभापतिका लागि देउवासँगै शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ उम्मेदवार छन् । उनीहरु मध्ये देउवा सबभन्दा बलियो उम्मेदवार हुन्, जुन उनका प्रतिस्पर्धीले पनि स्वीकारेका छन् ।

तर, पहिलो कि दोस्रो चरणको मतदानबाट सभापति तय हुन्छ आ–आफ्नै दाबी छ ।

मतदान स्थलमा भेटिएका केन्द्रीय सदस्यका उम्मेदवार बलबहादुर केसीको विश्लेषण छ, ‘सुरुमा पहिलो चरणमै देउवाले जित्छन् कि भन्ने लागेको थियो । तर अब दोस्रो चरणमा जाला कि भन्ने लाग्न थालेको छ ।’

देउवालाई यो पटक तेस्रो धारको दाबी गर्दै आएका कृष्णप्रसाद सिटौलाले समर्थन गरेका छन्, जो कांग्रेसमा हिसाब गरेरै चल्ने नेताका रुपमा चिनिन्छन् । नेता केसीका अनुसार यो पटक सिटौलाको मात्र चल्ने देखिएको छैन ।

किनकी विश्वप्रकाश शर्माको विद्रोहका कारण सिटौलाको गृह जिल्ला झापाबाटै सोचे जस्तो भोट नआउनसक्छ । कांग्रेसमा पहिचान बनाएर बसेका थुप्रै नेताहरुको ओहोर दोहोर पनि चलिरहेको भन्दै उनी भन्छन्, तराईको भोट पनि रोकिएको देखिन्छ । त्यसैले दोस्रो चरणमा जाला कि भन्ने छ ?’

महाधिवेशन स्थलमै भेटिएका देउवा निकट नेता रमेश लेखकको दाबी भने ठीक उल्टो छ ।

उनका अनुसार हिजो आइतबारसम्म दोस्रो चरणमा जानु पर्ला कि भन्ने लागेको थियो । तर अब पहिलो चरणमै जित्ने सम्भावना बढेको भन्दै उनले भने, ‘शशांक कोइरालाले म कुनै पनि गुटमा छैन भन्नुभयो । यो भनेको म शेखर कोइरालाको टिममा छैन भनेको हो ।’

त्यसो हुँदा शशांकसँग रहेका भोट छरिने र २०/२५ प्रतिशत मात्र देउवातिर आए पहिलो चरणमै सभापति जित्ने सम्भावना रहने लेखकले सुनाए ।

दोस्रो चरणमा शेरबहादुरलाई संकट !

कांग्रेस नेता लेखकले विश्लेषण सूचना मात्र होइन, उनको टिमको चाहना पनि हो । किनकी यदि दोस्रो चरणमा गयो भने परिस्थिति अनुकुल नहुन सक्छ ।

दोस्रो चरणमा चुनाव हुँदा पहिलो र दोस्रो धेरै मत ल्याउने उम्मेदवारबीच प्रतिस्पर्धा हुनेछ । मतदान स्थलमा भेटिएका कांग्रेस नेताहरुले सुनाएअनुसार देउवा पहिलो र शेखर दोस्रो हुने सम्भावना देखिन्छ । अथार्त् दोस्रो चरणमा मतदान हुने अवस्था आयो भने शेरबहादुर र शेखरबीच मात्र प्रतिस्पर्धा हुन्छ । र, त्यो बेला बाँकी तीन जना उम्मेदवार विमलेन्द्र निधि, प्रकाशमान सिंह र कल्याण गुरुङले कसलाई समर्थन गर्छन् भन्ने प्रश्न महत्वपूर्ण हुनेछ ।

शेखरसँगै तीन उम्मेदवार पार्टीमा नेतृत्व परिर्वतनको एजेण्डा लिएर उम्मेदवार भएका हुन् । त्यसैले उनीहरु देउवाविरुद्ध एक हुने सम्भावना बढी छ । सभापतिका उम्मेदवार निधिले सार्वजनिक रुपमा दोस्रो चरणमा गए देउवाविरुद्ध मोर्चाबन्दी गर्ने बताइसकेका छन् । अर्का उम्मेदवार प्रकाशमान सिंहले मुख खोलेका छैनन्, तर नेतृत्व परिर्वतनको मुद्दाका कारण उनलाई पनि देउवासँग जान सहज हुने छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४