राष्ट्रिय मानवअधिकार आयोगको गम्भीर ध्यान जाओस्- चरण प्रसाईं
२३ साउन, काठमाडौं । ११ वर्षे बालक निशान खड्कालाई अपहरण गरी हत्या गर्ने दुई व्यक्तिलाई प्रहरीले ‘इन्काउन्टर’ गरेको विषय अहिले सोसियल मिडियामा चर्चामा छ । हत्यारा र अपराधीलाई प्रहरीले यसैगरी गोली ठोकेर मारिदिनुपर्छ भन्ने मत एकातिर बलियो देखिन्छ भने अर्कोतर्फ प्रहरीले नियन्त्रणमा लिइसकेको व्यक्तिलाई ‘फेक इन्काउन्टर’ खडा गरेर मारिनु गलत कार्य हो भन्दै प्रहरीमाथि प्रश्न उठाउने काम सँगसँगै भइरहेको छ ।

![]()
यसै सन्दर्भमा जन न्युज नेपाल खबर डट कम प्रतिनिधिले बालक अपहरण प्रकरण र घ्याम्पेडाँडा नजिकै भएको ‘इन्काउन्टर’लाई कसरी हेर्ने भन्नेबारे अगुवा मानवअधिकारकर्मी चरण प्रसाईंसँग सोधेको छ ।
कुराकानीका क्रममा प्रसाईले यो घटना ‘फेक इन्काउन्टर’ एवं गैर न्यायिक हत्या भएको बताए । यस्तो कार्यमा संलग्न प्रहरीहरुमाथि सरकारले छानविन गरी दोषीलाई कडाभन्दा कडा कारवाही गर्नुपर्ने उनले बताए ।
साथै यो घटनाबारे गम्भीररुपमा ध्यान दिन राष्ट्रिय मानवअधिकार आयोगलाई प्रसाईले सुझाव दिए ।
जन न्युज नेपाल खबर डट कम प्रतिनिधिले मानवअधिकार अभियन्ता प्रसाईसँग गरिएको संक्षिप्त कुराकानीः
भक्तपुरमा अपहरणकारीहरुबाट एक बालकको नृशंस हत्या भयो । हत्यामा संलग्न भनिएका दुई अपहरणकारीलाई प्रहरीले ठाउँको ठाउँ गोली हानेर मार्यो । मानवअधिकारको दृष्टिकोणले यो घटनालाई कसरी लिने ?
यो एकदमै गम्भीर घटना हो । अपहरण गरेर वालकको हत्या गर्नु एकदमै गलत कार्य हो । तर, गलत कार्य गर्यो भन्दैमा जसरी अहिले इन्काउण्टर भनेर मान्छेहरुलाई घरबाट उठाएर लिएर गएर जंगलमा चप्पल लगाएको मान्छेहरुलाई गोली हानी हत्या गरिएको छ, त्यो त फेक इन्काउन्टर देखिन्छ ।
त्यो फेक इन्काउन्टरलाई कुनै पनि हालतमा मानवअधिकारले स्वीकार्दै गर्दैन र त्यस्ता व्यक्तिहरुउपर छानविन गरेर दोषीउपर कारवाही हुनैपर्छ । मेरो विचारमा यसलाई राष्ट्रिय मानवअधिकार आयोगले पनि गम्भीररुपमा लिनेछ र हामी मानवअधिकारकर्मीहरुले पनि गम्भीर रुपमा लिएका छौं ।
इन्काउन्टरमा संलग्न प्रहरीमाथि छानविन गरी कारवाही हुनुपर्छ भन्ने तपाईको आशय हो ?
एकदमै । यस्तो कार्यलाई प्रश्रय दिने र दोषीहरुमाथि कारवाही नगर्ने हो भने यस्ता घटनाहरु दोहोरिन्छन् र भोलि जो पनि इन्काउन्टरका नाममा मारिन सक्छ । निर्दोष मान्छेहरु र कुनै पनि बाहानामा राजनीतिक व्यक्तिहरु पनि पर्न सक्छन् । त्यसैले हामीले यस्ता घटनाहरुलाई समयमै निरुत्साहित गर्न र नियन्त्रण गर्न सकेनौं भने यसले लोकतान्त्रिक प्रक्रियाहरुमै असर पर्ने देखिन्छ । यसले प्रत्येक नागरिकलाई नै असर पार्ने देखिन्छ ।
तर, तपाईले यसो भनिरहँदा उता सोसियल मिडियामा चाहिँ कस्ता प्रतिक्रिया आइरहेका छन् भने प्रहरीले अपहरणकारी र हत्यारालाई यसरी गोली टोकेर मार्नु ठीक भएको छ, प्रहरीलाई सलाम छ, अपराधीहरुलाई यसरी नै गोली ठोकेर मार्नुपर्छ…आदि आदि । यसमा चाहिँ एकजना मानवअधिकारकर्मीको नाताले तपाईको प्रतिक्रिया के छ ?
यी प्रतिक्रियाहरु आक्रोशका अभिव्यक्तिहरु हुन् । तर, यिनै आक्रोशका प्रतिक्रियालाई हामीले आधार बनाएर ठाउँको ठाउँ मानिसहरुलाई मार्नुर् र कानूनी प्रक्रियाअन्तरगत उसलाई बचावको मौका नदिनु कानूनसम्मत पनि हुँदैन र मानवअधिकारसंगत पनि हुँदैन ।
नेपालको संविधानमा कसैलाई मुत्युदण्ड दिने व्यवस्था पनि छैन । र, यो गैरन्यायिक हत्या त झन हुनु हुँदैहुँदैन ।
भनेपछि, भक्तपुरमा प्रहरीले अपहरकारीमाथि गोली प्रहार गरेको घटना ‘गैरन्यायिक हत्या’ हो ?
एकदमै । यसमा संलग्नहरुमाथि कारवाही गर्नुपर्छ । कडाभन्दा कडा कारवाही हुनुपर्छ । यस्ता घटनाहरु नदोहोरिने सुनिश्चितता सरकारले गर्नुपर्छ भन्ने हाम्रो भनाइ हो ।
पछिल्लो समय देशमा हत्या हिंसा र बलात्कारका घटनाहरु बढिरहेका छन् । तर, यसमा मानव अधिकारवादी संघसंस्थाहरुबाट खासै चासो दिएको पाइँदैन । विज्ञप्तिहरु पनि आउँदैनन् । नेपालको मानवअधिकारवादी आन्दोलन सुस्ताएको हो ?
गर्नेले गरिराखेका छन् । राष्ट्रिय मानवअधिकार आयोग पनि छ, आधिकारिक रुपमा उसले गर्ने कामहरु पनि गरि नै रहन्छ । रिसर्च गर्ने संस्थाहरु पनि छन्, तिनीहरुले पनि काम गरिराखेका होलान् । सुस्ताएको भन्नाले बाहिर सडकमा आएनन्, विज्ञप्तिहरु आएनन् भन्ने जाहाँसम्म कुरा छ यसमा चाहिँ अलिकति कमी आएकै हो ।
कि नेपाली समाजमा अपराधका घटनाहरु नै कम भएर यस्तो भएको पो हो कि ? मानवअधिकारको अवस्था राम्रो भएको हो कि ?
हैन । मानवअधिकार उल्लंघनका घटनाहरु एकदमै बढेका छन् । सामाजिक रुपमा विकृतिहरु, अपहरण, बलात्कारका घटनाहरु आइराखेका छन् । यसमा सरकार असक्षम भएकै देखिन्छ । यस्ता घटनाहरु हुन नदिनुपर्ने हो । घटनाहरु भइसकेपछि पनि दोषीहरुलाई तत्कालै कानूनी दायरामा ल्याउनुपर्ने हो । तर, यस्तो भइराखेको छैन । त्यसैले नागरिकहरु आफैं जागरुक भएर दबाव दिनुपर्ने अवस्था आएको छ । यसमा सरकार अलि बढी सम्वेदनशील नभएको हो कि भन्नेचाहिँ सत्य हो ।
हाम्रो बारेमा
जन आवाज मिडिया हबद्दारा सञ्चालित जन न्यूज नेपाल खबर डट कम (Jananewsnepalkhabar.com) मा सम्पुर्ण नेपाली मनमुटु हरुलाई स्वागत र अभिवादन गर्दछौं।जन न्यूज २०७४ बाट सुरुवात भएको न्यूज पोर्टल हो। श्रमजीवी पत्रकारहरुको पहलमा स्थापित यो साईटमा सामाजिक, आर्थिक, राजनीतिक, सौन्दर्य, अन्तर्वार्ता लगायतका विषयबस्तुलाई प्रमुख प्राथमिकता दिईएको छ।
जन न्यूज नेपाल खबर डट कम न्युज पोर्टल कुनैपनि जातजाति, धर्म, समूदाय, वर्ण, लिङ्गलाई ठेस नपुर्याई स्वतन्त्रतापूर्वक नौला र सिर्जनात्मक विषयबस्तुहरु पस्कने गर्दछ। यहाँ प्रस्तुत हुने हरेक प्रकारका विषयबस्तुहरु आधिकारिक हुने वचनवद्धता पनि हामी प्रकट गर्न चाहन्छौं। पत्रकारिताको मूल मर्मलाई हरपल पछ्याउँदै सामग्रीहरु प्रस्तुत गर्नेछौं। यो सबैको साझा पोर्टल भएकाले सामग्रीहरु पठाएर सहयोग गरिदिनुहोला। तपाईका सिर्जनालाई हामी उचित स्थान दिनेछौं।अन्त्यमा सम्पूर्ण पाठकवर्ग, विज्ञापनदाता, लेखक, शुभेच्छुक आदि सबैको अमूल्य सल्लाह सुझावको अपेक्षा गर्दछौं।====================
जन आवाज मिडिया हब प्रालि द्वारा संचालित तपाई हामी सबैको सुचना आदान प्रदान गर्ने जन न्युज नेपाल खबर डट कम हो। हामी मुलत: खोज तथा अनुसन्धानमुलक समाचारमा विशेष ध्यान दिनेछौ। हामी समाचार विशेष तथा भरपर्दो स्रोत बाट प्रमाण को आधारमा लेख्नेछौ।तपाई पाठकहरुले दिएको सुझाव नै हाम्रो प्रेरणाको स्रोत हो। हामी तपाईं आवाज बिहिनहरुको आवाज लाई बुलन्द गर्ने तपाईं हाम्रो एक मात्रै अनलाईन मिडिया जन न्युज नेपाल खबर डट कम हो।तपाईलाई हाम्रो समाचार मन परेमा धेरै -भन्दा धेरै सेयर लाइक,र कमेन्ट गरिदिन नभुल्नु साथै हामीलाई हाम्रो “Youtube Channel”Jananewsnepalkhabar लाई पनि Subscribe गरिदिन नभुल्नु होला। धन्यवाद
प्रधानसम्पादक : नेत्र बहादुर कार्की
ठेगानाः ललितपुर १३, कुसुन्ती, नेपाल ।
सम्पर्क नं.: ९७७–९८४१५१६७१२,९८४०४२११७४, ९८१८४०२१४०
इमेल : jananewsnepalkhabar@gmail.com
हाम्रो बारेमा
© Copyright 2018, All Rights Reserved Jana News Nepal Khabar | Designed by Ourwebcreation PVT LTD
जन आवाज मिडिया हब नेपाल द्धारा सञ्चालित:
मिडिया पार्टनर : Nepal
कम्पनी दर्ता नं : १८४८४७/०७४/०७५
मु . अ. क. नं : ६०६७६८१०२
अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ ०७४-०७५
स्थायी लेखा नं(PAN) : ६०६७६८१०२




