Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

देउवाको टिममा प्रदीपले इन्ट्री गर्दा विश्वप्रकाश आउट


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, मंसिर २५ २०७८
  • 7.2K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन समूहमा सबभन्दा ठूलो रस्साकस्सी महामन्त्रीमा थियो । दुई महामन्त्रीका लागि बालकृण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, डा. प्रकाशशरण महत, विश्वप्रकाश शर्मा र एनपी साउद दावेदार थिए ।

प्रधानमन्त्रीसमेत रहेका सभापतिका उम्मेदवार देउवाले आफ्नो महामन्त्रीको उम्मेदवारका रुपमा महत र प्रदीप पौडेललाई छनोट गरे । पौडेल, कृष्णप्रसाद सिटौला समूहका हुन् । सिटौलाले सभापतिमा उम्मेदवारी नदिई आफूलाई समर्थन गरेपछि देउवाले पौडेललाई महामन्त्रीका रुपमा अघि सारे ।

प्रदीपको इन्ट्रीसँगै देउवालाई महामन्त्रीको बाँकी एक उम्मेदवार छनोट गर्नु निकै कठिन थियो । देउवा, गृहमन्त्री खाँण, सञ्चारमन्त्री कार्की र नेता साउदलाई केन्द्रीय सदस्यमा मात्र मनाउन सफल भए, तर विश्वप्रकाशलाई टिममा राख्न सकेनन् ।

२०७४ को चुनावमा नराम्रो हार व्यहोरपछि युवा नेताहरुले एकैठाउँमा उभिएर नेतृत्व परिर्वतनको लबिइङ थालेका थिए । यो समूहमा धनराज गुरुङ, चन्द्र भण्डारी, गुरु घिमिरे, विश्वप्रकाश शर्मा, गगन थापा, प्रदीप पौडेल र बद्री पाण्डे थिए ।

सभापति देउवाले त्यही समूहको शर्मालाई पुस २०७४ मा पार्टीको प्रवक्ता बनाए । शर्मालाई अघि सारेर आफूविरुद्ध जनमत बनाइरहेका युवाहरुलाई काउन्टर दिए । झण्डै चार वर्ष देउवाको टिममा बसेर काम गरेकाले विश्वप्रकाश १४ औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवार हुन चाहेका थिए ।

नेताहरुका अनुसार देउवा, शर्मालाई सहमहामन्त्री बनाएर आफ्नै टिममा राख्न चाहन्थे । तर शर्माले आरक्षित पदमा नबस्ने भन्दै देउवाको प्रस्ताव स्वीकार गरेनन् । त्यसमाथि कृष्ण सिटौला समूहको इन्ट्रीसँगै उनी थप संकटमा परे । सिटौला र शर्मा दुबै झापाका हुन् । सिटौलाका कारण जिल्लामा पेलिएका शर्मा केन्द्रमा पनि त्यही अवस्था आउने भएपनि बस्न चाहेनन् ।

त्यसैले शर्माले देउवा टिमबाट विद्रोह गरे । सभापतिका अर्का उम्मेदवार शेखर कोइरालाले उनलाई अर्का युवा नेता गगनकुमार थापासँगै महामन्त्री बनाउन चाहेका थिए । तर आफ्नो टिम व्यवस्थापन गर्न सकेनन् र, गगनसँगै डा. मिनेन्द्र रिजाललाई महामन्त्रीको उम्मेदवार बनाए ।

शर्मालाई सभापतिका अर्का उम्मेदवार विमलेन्द्र निधिले पनि महामन्त्रीको उम्मेदवार बनाउन चाहेका थिए । तर युवा नेता शर्माको रोजाइमा प्रकाशमान सिंह परे, जसले रामचन्द्र पौडेल समूहबाट विद्रोह गरेर सभापतिमा उम्मेदवार दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४