कोरोना महामारीका कारण कांग्रेसले यो पटक महाधिवेशन प्रतिनिधिबाहेक कार्यकर्ता तथा शुभचिन्तकहरुलाई महाधिवेशनमा आउन उर्दी जारी गरेको छैन ।
उदघाटन समारोहलाई कांग्रेस शीर्ष नेता, प्रमुख पार्टीका नेता, विदेशी प्रतिनिधिले सम्बोधन गर्ने कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
तीन दिनसम्म चल्ने महाधिवेशनमा सहभागी चार हजार सात सय प्रतिनिधिहरुले कांग्रेसको केन्द्रीय नेतृत्व चयन गर्नेछन् ।
