Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मलाई मात्र होइन, सभापतिका लागि पनि भोट माग्छु : गगन थापा


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, मंसिर २३ २०७८
  • 6.5K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले आफूले महामन्त्री पदमा मात्र नभई सभापति पदमा पनि भोट माग्ने बताएका छन् ।

बिहीबार महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका उनले आजसम्म आफ्नो सभापतिको उम्मेदवार नटुंगिए पनि मत हाल्ने दिनसम्म सभापतिका लागि पनि भोट माग्ने बताएका हुन् ।

‘मेरो सभापतिका को हुनुहुन्छ मलाइ पनि थाहा छैन, तर म आफ्ना लागि मात्र मत माग्दिन । मैले सभापतिमा जसलाई मत हाल्छु, उसको लागि पनि मत माग्छु’ उनले भने ।
पार्टीको मूल नेतृत्व सभापति नै हो भन्दै उनले पार्टीलाई आफूले भनेजस्तो देख्ने र सुन्ने बनाउनका लागि पनि मूल नेतृत्व राम्रो चाहिने बताए ।

आफू महामन्त्रीमा निर्वाचित भएको दिनदेखि राजनीतिक परीक्षा शुरु हुने भन्दै थापाले परीक्षा उतीर्ण भए त्यो भन्दा ठूलो जिम्मेवारी लिन अघि सर्ने टिप्पणी गरे ।

‘कांग्रेससँग प्रश्न होइन, उत्तर हुन्छ । कांग्रेससँग समस्या होइन समाधान हुन्छ । जनतालाई रुख चिह्नमा मत हालौं हालौं लाग्छ र शानदार ढंगले चुनाव जितेर आउँछ’ थापाले आफू महामन्त्री निर्वाचित भएपछिको कांग्रेसबारे भने ।

आफूले सडक, संसद र सरकारमा रहँदा कांग्रेस कार्यकर्ताको शीर झुक्नुपर्ने काम नगरेको भन्दै थापाले महामन्त्री निर्वाचित भएको चार वर्षसम्म गलत व्यक्ति छानिएछ भन्नु नपर्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४