Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भारतीय सेना प्रमुख रावतको अन्त्येष्टिमा नेपाली सेना सहभागी हुने


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, मंसिर २३ २०७८
  • 7.8K
    SHARES

काठमाडौं, । हेलिकोप्टर दुर्घटनामा निधन भएका भारतीय सेना प्रमुख विपिन रावतको अन्त्येष्टिमा नेपाली सेना सहभागी हुने भएको छ ।

प्रधानसेनापति प्रभुराम शर्माले बुधबार टेलिफोन मार्फत रावतको निधनप्रति समवेदना प्रकट गर्नुभएको नेपाली सेनाले जनाएको छ ।

शुक्रबार भारतको नयाँ दिल्लीमा हुने रावतको अन्तिम श्रद्धाञ्जलीका लागि नेपाली सेनाका बलाधिकृत बालकृष्ण कार्की सहभागी हुने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

तीन वर्ष भारतको स्थल सेनाध्यक्षको जिम्मेवारी सम्हालेका रावतलाई सन् २०१८ मा नेपाल भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको मानार्थ प्रधान सेनापतिको सम्मान दिनुभएको थियो । भारतीय एयर फोर्सको हेलिकप्टर तमिलनाडुको कुनुरमा दुर्घटना हुँदा रावत र रावत, उहाँकी श्रीमतीसहित १३ जनाको ज्यान गएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४