Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

दीर्घरोगीलाई बुस्टर डोज दिन विज्ञको सुझाव


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, मंसिर २२ २०७८
  • 8.1K
    SHARES

काठमाडौं । जनस्वास्थ्यका विज्ञहरुले दीर्घरोगीलाई कोरोना महामारीविरुद्धको खोपको बुस्टर डोज दिन सुझाव दिएका छन् ।

एचआईभी एड्स, क्यान्सरलगायत रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आउने रोग लागेकाहरुलाई प्राथमिकतामा राखेर खोपको बुस्टर डोज दिन विज्ञहरुले सुझाव दिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा बुधबार परिवार कल्याण महाशाखाका प्रमुख डा. विवेककुमार लालले खोपको पूर्ण मात्रा लगाएपनि केही विशेष अवस्थाका व्यक्तिहरुमा रोग प्रतिरोधी क्षमता पर्याप्त नहुने भएकाले त्यस्तालाई बुस्टर डोज दिनुपर्ने बताए ।

राष्ट्रिय खोप सल्लाहकार समितिले अन्तर्राष्ट्रिय रुपमा प्राप्त प्रमाण, अनुसन्धान एवं डब्ल्यूएचओको सिफारिस र नेपालको परिवेश हेरेर दिने सल्लाह अनुसार नै बुस्टर डोजबारे सरकारले निर्णय लिने डा. लाल बताउँछन् ।

हालसम्म क्यान्सरका बिरामी, अंग प्रत्यारोपण गरेका व्यक्ति, रोग प्रतिरोधी क्षमतामा ह्रास आउने बिरामीलाई बुस्टर डोज दिन डब्ल्यूएचओले सिफारिस गरेको स्मरण उनले गराए । चीनमा विकास भएको भेरोसेल खोपको दुवै डोज लगाएका ६० वर्षमाथिका व्यक्तिलाई दोस्रो डोज लगाएको तीन महिनापछि थप एक डोज खोप दिन डब्ल्यूएचओले सिफारिस गरेको पनि डा. लालले सुनाए । नेपालमा हालसम्म कुल जनसंख्याको ४० प्रतिशत र १८ वर्षमाथिका ६२ प्रतिशत जनसंख्याले कम्तीमा एक डोज खोप लगाएका छन् ।

  • के हो बुस्टर डोज ?

कोभिड–१९ विरुद्ध खोपको मात्रा पूरा गरिसकेकामा विकास भएको एन्टीबडी कम भएको बेलामा दिइने खोपको डोजलाई नै बुस्टर डोज भनिएको हो । विज्ञहरुका अनुसार खोपको दोस्रो मात्रा लगाएको ६ महिनापछि बुस्टर डोज लगाउनु उपयुक्त हुन्छ ।

पुनः संक्रमण हुने अवस्था र भाइरसलाई नियन्त्रणमा राख्न बुस्टर डोजले सघाउने विश्वास गरिएको छ ।

  • बालबालिकालाई विद्यालयमै खोप

स्वास्थ्य मन्त्रालयले १२–१८ वर्ष उमेर समूहको जनसंख्यालाई कोभिड–१९ विरुद्धको खोप दिने तयारी गरेको छ । विद्यालयहरुमा खोप केन्द्र राखेर सो समूहलाई खोप दिने तयारी गरिरहेको डा. लालले जानकारी दिए ।

‘निकट भविष्यमै यो उमेर समूहका लागि फाइजर बायोएनटेक र मोडेर्ना खोप आउँदैछ । कोभिडबाट सुरक्षित राख्न अभियानकै रुपमा खोप कार्यक्रम चलाउँछौं ।’ यसअघि कोभ्याक्स सुविधामार्फत प्राप्त फाइजर खोप १२ वर्षमाथि उमेर समूहका दीर्घरोगीलाई दिइएको थियो ।

  • खोपको अभाव छैन

डा. लालले हाल नेपालमा कोरोना भाइरसविरुद्धको खोपको अभाव नभएको पनि बताए । ‘आगामी दिनका लागि खोप सुनिश्चित भइसकेको अवस्था छ । त्यसैले खोप उपलब्धता सहज अवस्थामा आइसकेको छ । जसले गर्दा खोप दिने रणनीतिमा समेत केही परिमार्जन गरेका छौं ।’

खोप लगाउन छुटेका १८ वर्षमाथिका सबै नागरिकले जुनसुकै स्वास्थ्य केन्द्रमा गएर खोप लगाउन सक्ने उनको भनाइ छ । स्वास्थ्य केन्द्रमा कोभिशिल्ड, एस्ट्राजेनेका र भेरोसेल खोप उपलब्ध हुने उनले बताए । यस्तै गर्भवतीलाई समेत खोप दिन शुरु भइसकेको उनले बताए ।

  • सबै भेरियन्टविरुद्ध धेरै हदसम्म खोप प्रभावकारी

डा. लालले कोरोना भाइरसका सबै भेरियन्टविरुद्ध अहिलेका खोपहरु धेरै हदसम्म प्रभावकारी देखिएको बताएका छन् । ‘डब्ल्यूएचओबाट स्वीकृत प्राप्त खोपहरु अहिलेसम्म भेटिएका सबै भेरियन्टविरुद्ध धेरै हदसम्म प्रभावकारी रहेको अनुसन्धानहरुले देखाएको छ’ उनले भने ।

ओमिक्रोन भेरियन्टमा खोपको प्रभावकारिताबारे अनुसन्धान भइरहेको भन्दै उनले त्यसबाट जोगिन जनस्वास्थ्यका मापदण्ड अपनाउन पनि सुझाव दिए ।

फिजिसियन डा. सुनील शर्मा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट छिटो फैलन सक्ने देखिएको बताउँछन् । तर यसको संक्रामक दर कति छ भन्ने पुष्टि हुन बाँकी छ ।

‘पहिलेको भन्दा नयाँ भेरियन्ट घातक नहुन पनि सक्छ । त्यसैले आत्तिहाल्नुपर्ने अवस्था छैन । पहिलेको जस्तै जनस्वास्थ्यका मापदण्ड पालना गर्नु आवश्यक छ’ उनले भने ।

स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म नेपालमा २ करोड ६८ हजार डोज खोप प्राप्त भइसकेको छ । चार महिनाभित्रमा ३ करोड ५६ लाख ९१ हजार डोज खोप आउने सुनिश्चित भइसकेको मन्त्रालयले जनाएको छ ।

नेपालमा १२ वर्षमाथिको जनसंख्या करिब २ करोड ३२ लाख रहेको अनुमान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४