Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कांग्रेस महाधिवेशन सुरु हुन तीन दिन बाँकी


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, मंसिर २१ २०७८
  • 2.7K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रिय महाधिवेशन सुरु हुन अब तिन दिन मात्रै बाँकी छ । मंसिर २४ गते काठमाडौंको भृकुटी मण्डपमा पार्टीको १४ औं महाधिवेसनको भव्य उद्घाटन हुँदैछ ।

त्यसपछि २५ गते उम्मेदवारी मनोनयन दर्ताको समय तोकिएको छ भने २६ गते नयाँ नेतृत्व चयनका लागि मतदान हुनेछ । यसपटक नेतृत्वका आकांक्षी बढी हुँदा उम्मेदवारी टुंग्याउन तथा प्यानल बनाउन सकस भएको छ । कांग्रेसको संस्थापन इतर समुहले सभापतिको साझा उम्मेदवार टुंग्याउन सकेको छैन ।

वरिष्ठ नेता रमाचन्द्र पौडेलको निवासमा हिजो बसेको यो समुहको बैठक निष्कर्षमा पुग्न सकेन । संस्थापन इतर समुहबाट रामचन्द्र पौडेल, शेखर कोइराला र प्रकाशमान सिंह सभापतिका मुख्य दावेदार हुनुहुन्छ । साझा उम्मेदवार तय हुँदा आफु पछि हट्न सशांक कोइराला भने तयार देखिनुभएको छ ।

सभापतिको उम्मेदवार टुंग्याउन यो समुहको बैठक आज पनि बस्दैछ । आज दिउसो प्रकाशमान सिंहको निवासमा आफु निकट केन्द्रिय सदस्यहरुसँग छलफल गरेपछि सभापतिको उम्मेदवार चयन गर्ने यो समुहको तयारी छ । यो समूहबाट महामन्त्रीमा भने गगन थापाको नाम सर्वसम्मत जस्तै देखिएको छ ।

उता, पदाधिकारीका आकांक्षीहरुको व्यवस्थापन गर्न संस्थापन समूहमा पनि चुनौती देखिएको छ । पार्टी सभापति शेर बहादुर देउवा पूर्व महामन्त्री कृष्ण सिटौलालाई मनाएर गठबन्धन बनाउने प्रयासमा हुनुहुन्छ ।

देउवा सिटौला गठबन्धनले जिल्ला तथा प्रदेश अधिवेशनमा सफलता हात पारेकोले केन्द्रमा पनि यही गठबन्धनलाई निरन्त्रता दिने देउवाको दाउ छ । बिमलेन्द्र निधीले साथ छोडेपछि आफ्नो समूहलाई लागेको घाटा सिटौला थपिंदा मेटिने देउवाको विष्लेषण छ । देउवालाई सिटौला सँगसँगै बिजय कुमार गच्छेदार, गोपालमान श्रेष्ठ लगायतका नेताहरुलाई पनि मनाउनुपर्ने बाध्यता छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४