Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कस्तो नेतृत्व चाहन्छन् कांग्रेस प्रतिनिधि ?


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, मंसिर १८ २०७८
  • 2.7K
    SHARES

विराटनगर । धनकुटाकी करुणा कट्वालले नेपाली कांग्रेसको क्रियाशिल सदस्यता १४ औं महाधिवेशन अघि पाइन् । क्रियाशील सदस्यता पाए लगतै केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेद्वार बनेकी उनी दोस्रो सर्वाधिक मतसहित निर्वाचित भइन् ।

कान्छी महाधिवेशन प्रतिनिधि कटवालको चाहना वर्तमान नेतृत्व परिवर्तनको छ । ‘नेपाली कांग्रेसको नेतृत्वमा युवाहरु आउनु पर्छ,’ उनले भनिन्, ‘कांग्रेसको राजनीतिलाई सही दिशामा लैजान नेतृत्व परिवर्तनसँगै पुस्तान्तरण हुनुपर्छ ।

देश र पार्टीको विकासमा केन्द्रित हुनुपर्ने अवस्थामा पार्टी भित्र गुट र उपगुट मौलाएको उनको गुनासो छ । व्यक्तिगत स्वार्थभन्दा माथि उठेर काम गर्ने नेतृत्व आउनुपर्ने उनको भनाइ छ । झापाबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित कबिता घिमिरे बस्नेतको चाहना पनि युवा नेतृत्वको हो । ‘महाधिवेशनमा युवाहरुको सहभागिता बढी छ, युवाहरु परिवर्तनको पक्षमा छन्,’ उनले भनिन्, ‘बीपी कोइरालाले अघि सारेको नीति र सिद्धान्त अनुसार चल्ने युवा नेतृत्व आउनु पर्छ ।’ महाधिवेशनबाट नयाँ जोस र ऊर्जा भएका युवाहरुको सहभागिता बढी देखिएको बताउँदै उनले नेतृत्वमा युवालाई स्थान दिइनुपर्ने बताइन् ।

महाधिवेशन प्रतिनिधि लिलादेवी निरौला कांग्रेसलाई सफल रुपमा अघि बढाउन सक्ने नेतृत्व आवश्यक रहेको बताउँछिन् । पार्टीको संगठन कमजोर रहेको बताउँदै उनले पार्टीलाई सुदृढ गर्न युवाहरुलाई स्थान दिइनुपर्ने बताइन् । ‘संगठनलाई अझ दह्रो र देशलाई हाक्ने  खालको नेतृत्व आउनुपर्छ,’ उनले भनिन, ‘अहिले नेतृत्वले पार्टीलाई एक ढिक्का बनाएर अघि बढाउन सकिरहेको छैन ।’ महाधिवेशन प्रतिनिधि उत्तमबहादुर चौलागाईं बैचारिक क्षमता भएको नेतृत्व आवश्यक रहेको बताउँछन् । ‘अहिलेको नेतृत्वले काम गर्न सकेन,’ उनले भने, ‘म नेतृत्व परिवर्तनको पक्षमा छु ।’

प्रथम अधिवेशनमा भेटिएका मोरङका प्रदेश प्रतिनिधि वेदमणी घिमिरे पार्टीमा देखिएको दुई चिरालाई सामधान गर्न सक्ने नेतृत्व आवश्यक रहेको बताउँछन् । ‘महाधिवेशले गर्दा नेपाली कांग्रेसमा दुई पक्ष देखिएको छ,’ उनले भने, ‘अब दुवै पक्षलाई मिलाएर लैजाने खालको नेतृत्व आवश्यक छ ।’ वडा अधिवेशनदेखि बढेको तिक्तता मेट्ने नेतृत्व आवश्यक रहेको उनले बताए ।

प्रदेश प्रतिनिधि डिल्लीराम डाँगी नेपाली कांग्रेसको प्रदेश र केन्द्रमा युवा नेतृत्व आउनुपर्ने बताउँछन् । ‘परिवर्तन चाहने पार्टीप्रति इमान्दार नेतृत्व आउनुपर्छ,’ उनले भने, ‘अहिलेको नेतृत्वले काम गर्न सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४